arrow

उत्तर र दक्षिण कोरियाबीच उच्च स्तरीय वार्ता 

logo
प्रकाशित २०७४ पुष २१ शुक्रबार
north-south-korea.jpg

काठमाडौं । उत्तर कोरिया र दक्षिण कोरियाबीच अर्को हप्ता उच्च स्तरीय वार्ता हुने भएको छ । 

दक्षिण कोरियाली संचार माध्यमहरुका अनुसार वार्ता यही जनवरी ९ तारिखमा हुने पक्का भएको बीबीसीले जनाएको छ । 

उक्त उच्च स्तरीय वार्ता फेबु्रअरीमा दक्षिण कोरियामा हुने विन्टर ओलम्पिक गेम्समा उत्तर कोरियाका खेलाडीलाई सहभागीता गराउने बारे हुनेछ । 

उत्तर कोरियाका शासक किम जोङ–उनले अर्को हप्ता आफ्नो देशका डेलिगेट्स पठाउने बताए । 

उनले उत्तर र दक्षिण कोरियाली मानिसबीच एकताको राम्रो अवसर भएको समेत बताएका छन् । 

वार्ता उत्तर र दक्षिणको बोर्डर पानमुन्जोममा हुने बताइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ