- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
वासिङ्टन ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनको विषयमा आधारित रहेर हालैमात्र प्रकाशन गरिएको एक पुस्तकलाई काल्पनिक पुस्तक भनेका छन् ।
उनलाई सो पुस्तकमा अस्थिर मानिस र राष्ट्रपति पद सम्हाल्नका लागि असक्षम व्यक्ति भनेर टिप्पणी गरिएको छ । तर यसलाई उनले एउटा पुस्तक कति काल्पनिक हुन्छ भनेर सोही पुस्तकलाई हेरे हुने प्रतिक्रिया दिएका छन् ।
उनले आफू राष्ट्रपति पद सम्हाल्न सक्षम रहेको भन्दै यस्ता पुस्तकहरुले लेख्दैमा मेरो चरित्रमा कुनै फरक नपर्ने र असक्षम भनी यस्ता काल्पनिक कथाहरुले लेख्दैमा नहुने प्रतिक्रिया पनि दिएका छन् ।
माइकल वूल्फद्वारा लिखित सो पुस्तक सार्वजनिक भएपछि उनको सो प्रतिक्रिया आएको हो । सो पुस्तकमा राष्ट्रपति पदका लागि उनि योग्य व्यक्ति नरहेको आरोप लगाइएको छ ।
प्रयः विवाद आइरहने अमेरिकी राष्ट्रति डोनाल्ड ट्रम्पको विषयमा यो अर्को विवाद सुरु भएको छ । साथै उनले पुस्तक लेखकलाई धोकेबाजको संज्ञा दिएकोले पनि आगामी केही समय राष्ट्रपति ट्रम्प र पुस्तकका लेखकबीच विवादहरु उत्पन्न हुनसक्ने अनुमान गरिएको छ ।
उनले आफ्नो निर्वाचनका समयमा रूससँग निर्वाचनका विषयमा सम्बन्ध भएको भन्ने आरोप पनि काल्पनिक भएको बताएका छन् । उनले आफ्ना कैयौँ ट्विटर सन्देशहरूमा आफू एकजना सक्षम र स्थिर व्यक्ति भएको पनि बताएका छन् ।
माइकल वुल्फद्वारा लिखित ‘फायर एण्ड फ्युरीः इन्साइड दि ट्रम्प ह्वाइट हाउस’ नामको पुस्तक सार्वजनिक गरेका छन् । सो पुस्तक करिब २०० वटा अन्तर्वार्तामा आधारित रहेर तयार गरिएको लेखकले बताएका छन् ।
सो पुस्तकमा राष्ट्रपति ट्रम्पलाई केटौले पाराको व्यक्ति भनी चित्रण गरिएकोले अमेरिकाका विभिन्न सञ्चारमाध्यमले सो विषयलाई निकै प्रचार गरेका छन् ।
त्यसैले पनि राष्ट्रपति ट्रम्पले आफू अमेरिकाको राष्ट्रपति पदका लागि एकदमै सक्षम व्यक्ति भएकोले नै अमेरिकी नागरिकले आफूलाई चयन गरेको बारम्बारको आफ्नो ट्विटरमार्फत बताउने गरेका छन् । एएफपी