arrow

२५ वर्षपछि इजरायली प्रधानमन्त्री भारतमा, मोदीले हाले अँगालो

logo
प्रकाशित २०७४ पुष ३० आइतबार
modi3.jpg

नयाँ दिल्ली । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु छ दिने औपचारिक भ्रमणका लागि आइतबार भारत आइपुगेका छन् ।  नेतान्याहुको स्वागतका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी  स्वयम विमानस्थल पुगेका थिए ।  मोदीले नेतान्याहुलाई स्वागत गर्दै अँगालो हालेका थिए । मोदी छ महिना अघि इजरायलको भ्रमणमा गएका थिए । मोदी इजरायलको भ्रमणमा जाने पहिलो भारतीय प्रधानमन्त्री हुन्।

उनको भ्रमणको छ महिनापछि उनको आमन्त्रणमा इजरायली प्रधानमन्त्री नेतान्याहु भारतको औपचारिक भ्रमणमा आएको नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ ।नेतान्याहु पनि इजरायलको प्रधानमन्त्रीको रुपमा गएको २५ वर्षपछि पहिलो पटक भारतको भ्रमणमा आएका हुन् ।  यसअघि करिब २५ वर्षअघि इजरायली प्रधानमन्त्री एरियल स्यारोनले भारतको भ्रमण गरेका थिए ।

प्रधानमन्त्री नेतान्याहुको भ्रमण दलमा इजरायलको कृषि, अर्थ, सूचना प्रविधि, प्रतिरक्षालगायतको क्षेत्रका १३० जना सरकारी प्रतिनिधिहरुको सहभागिता रहेको छ ।उनिसँग आइतबार अपरान्ह भारतीय विदेशमन्त्री सुषमा स्वराजले भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । सोमबार बिहान भारतीय राष्ट्रपति भवनमा उनिहरुको सम्मानमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

त्यसैगरी प्रधानमन्त्री नेतान्याहुले यस भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति रामनाथ कोविन्दलगायतसँग द्विपीक्षीय भेटवार्ता पनि गर्ने भएको समाचारमा जनाइएको छ । यस भ्रमणका क्रममा भारत र इजरायलबीच कृषि, सूचना प्रविधि र आर्थिक क्षेत्रमा केही सहमति एवम् सम्झौताहरु पनि हुने बताइएको छ । एएनआई



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ