arrow

बैंककमा बन्यो राजसंस्थालाई फर्काउने अभ्यास, हिमानी र ओली एकै दिन स्वदेश फर्कदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७४ माघ ३ बुधबार
oli-himani.jpg

काठमाडौं। पूर्व युवराज्ञी हिमानी शाह बिहिबार स्वदेश फर्कदै छिन्। गत पुस २१ गते थाइल्याण्डको बैंकक गएकी उनी बिहिबार (माघ ४ गते) फर्कन लागेकी हुन्। छोरी पूर्णिकालाई लिएर उनी बैंकक गएकी हुन्। बैंककमै बसेर अध्ययन गरिरहेकी पूर्णिकाको नेपाल बसाइको बिदा सकिएपछि छोरी छोड्न हिमानी गएकी हुन्। छोरी छोड्न गएकी हिमानी १३ दिनसम्म बैंकक बस्नुको अर्थ भने निकै गहिरो छ। 

स्रोतहरुका अनुसार उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका दूतसंगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग गम्भीर छलफल गरेकी छिन्। 

यो छलफल भोलिका दिनमा पूर्वराजसंस्थालाई कसरी पुनर्स्थापना गर्ने भन्ने विषयमा भएको बुझिएको छ। केपी ओली यस विषयमा निकै गम्भीर रहेको र आफूले पूर्वराजसंस्थालाई यथोचित सम्मान गर्ने वचन पनि दिएका छन्। उनलाई भारतबाट समेत पनि उत्तिकै दबाब आएको बुझिन्छ।

पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको आयोजनामा बैङककमा भएको भोजमा सहभागी भएका बेला ओलीले हिमानीसँग देखिनेगरि भेटघाट गरेका थिए। त्यहाँ हिमानी पनि छोरीसँगै डिनरमा गएकी थिइन। त्यहाँको भेट औपचारीकतामा सञ्चो विसञ्चो सोध्ने तहमा मात्र सिमित भएपनि अनौपचारीक भेट भएर थप कुरा भएको स्रोतको दावी छ। 

चिनियाँ प्रतिनिधिसंग पनि छलफल भएकाले ओली नेपाल फर्केपछिको माहोल फरक भएर जाने स्रोतको दावी छ। ओली पनि बिहिबार नै फर्कदै छन् । ओली आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि गएका हुन्। तर त्यस नाममा उनले सरकारमा अब आफूले गर्ने नेतृत्व र अब कसरी कसलाई कुन ठाउँ दिएर जान सकिन्छ भन्ने लामै छलफल गरेका छन्। ओली पुस २६ गते बैंकक गएका थिए। 

यसपटक बैंककमा धेरै पक्षीय वार्ता भएको छ। यो वार्ताले नेपाललाई पुनः हिन्दूराज्य फर्काउने र राजपरिवारलाई स्थान दिनेबारे धेरै सोचेको छ। स्रोतका अनुसार यस पटकको बैंकक यात्रामा ओलीले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पक्षसंग विभिन्न ‘जेन्टलम्यान एग्रिमेन्ट’ गरेका छन्। स्रोत भन्छ –राजसंस्था फर्किन्छ। त्यसका लागि ओली नै राम्रो मोहरा हुन्। 

पूर्वराजा ज्ञानेन्द्र शाहले भारतमा पाँच दिन बसेर मोदीका दूतलाई भेटेका थिए। त्यसैगरी उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसंग भेटवार्ता गरेका थिए। त्यही वार्ताबाटै हिमानीको बैंकक मिटिङ सेटिङ भएको स्रोतको दाबी छ। यसअघि चरणवद्ध वार्ता गर्न ओलीले एजेन्ट खटाए पनि ओली नगइ अन्तर्राष्ट्रिय समुहले सेटिङ गर्न नमानेपछि आफै गएका हुन्। ओलीले यो समयमा घरमै बसेर आराम गर्नुपर्नेमा नेपालस्थित चिकित्सकहरुले बताएका थिए। 

ओली माओवादी केन्द्रसंगको पार्टी एकतापछि बैंकक जाने सोचमा रहे पनि एकता अघि नै धेरै सेटिङ गर्नुपर्ने भएकाले गएको निकट स्रोत बताउँछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ