काठमाडौं । नेपाली काँग्रेसको बुधबार बसेको पार्टीको केनद्रीय समितिको बैठक भारतले लगाएको नाकाबन्दीकै विषयमा केन्द्रित रह्यो । नाकाबन्दीमा केीन्द्रत भए प्नि केन्द्रीय सदस्यबीच व्यंग्य र प्रतिवादको क्रम राम्रै चल्यो ।
बैठकमा केन्द्रिय सदस्य प्रकाशशरण महतले सीमामा भइरहेको नाकाबन्दी खोल्न भारतलाई अनुरोध गर्ने र आन्दोलनरत मधेसी दललाई पनि नाकाबन्दी फिर्ता लिन आह्वान गर्दै पार्टीले प्रस्ताव पारितगर्नुपर्ने माग राखेका थिए ।
महतपछि युवा नेता गगन थापाले भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै अघोषित नाकाबन्दी लगाएको भन्दै उक्त कदमविरुद्ध पार्टीले भन्र्सना गरी खेद प्रस्ताव पारित गर्नुपर्ने माग राखेका थिए ।
केन्दिय सदस्य बालकृष्ण खाँडले सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालप्रति व्यङ्ग्य गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले नै सार्वजनिक रूपमा भारतले नाकाबन्दी नलगाएको बताइरहेकाले खेद प्रस्ताव पारित गर्नुको अर्थ नरहेको बताएँदा त्यसको प्रतिवाद गर्दै रिजालले आफ्नो भनाइ तोडमोतड पार्दै मिडियामा आएको दाबी गरेका थिए ।
उनले आफूले सीमामा भएको गतिविधिलाई अन्तर्राष्ट्रिय रूपमा प्रयोग हुने ठीक शब्द प्रयोग गरौं मात्र भनेको बताएका थिए ।