arrow

रसुवाका सांसद्को व्यक्तिगत प्रयासमा बाटो निर्माण 

logo
प्रकाशित २०७४ फागुन २९ मंगलबार
rasuwa.JPG

काठमाडौं । रसुवा जिल्लाको प्राङ्से पात्ले सडक संञ्जालमा जोडिएको छ। रसुवाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद मोहन आचार्यको व्यक्तिगत प्रयासमा रसुवाका गुम्बोडाँडाबाट प्राङ्से पात्ले सडक सञ्जालमा जोडिएको हो। रसुवा जिल्लाका सबै स्थानलाई सडक संञजालमा जोड्ने अभियान स्वरुप सांसद आचार्यले आफ्नो व्यक्तिगत लगानीमा स्काभेटर र डोजर खरिद गरी गत मा २७ गते जिल्ला लाई उपलव्ध गराएका छन् ।

गुम्बोडाँडा बाट प्राङ्से पात्ले सडकको लम्वाई ३ किलोमिटर रहेको छ। रसुवा जिल्लाका सबै स्थानलाई सडक सञ्जालमा जोड्ने अभियान अन्तर्गत हाल सम्म ७ किलोमिटर ग्रामीण सडक निर्माण भइसकेको छ। यस अघि कालीका गाँउपालिकाको लामाटोल देखि चित्रेपानी जोड्ने ४ किलोमिटर सडक निर्माण गरिएको थियो। बाटो निर्माणका लागी स्काभेटर र डोजर संञ्चालनगर्न आबश्यक ईन्धनको व्यवस्था उपभोक्ता समितिले गराएको थियो।

अब सो मेसिनले पार्वतीकुण्ड गाउँपालिकाको हाकुलाई सडक सञ्जालसँग जोड्न बाटो खन्ने काम शुरु गर्ने सांसद आचार्यले बताए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ