arrow

आईजी दाबेदार खनाल भन्थे : तलमाथि गरेको सुुइँको पाए जागिर उडाउँछु

ड्यूटीमा खटिएकाको निगरानीका लागि जासुस खटाउँथे

logo
प्रकाशित २०७४ चैत २३ शुक्रबार
DIG_khanal.JPG

काठमाडौं । गएको असार मसान्तमा नेपाल प्रहरीको एसएसपीबाट सबभन्दा बढी मार्क सहित डीआईजीमा बढुवा भएका सर्वेन्द्र खनाल आइजीका प्रवल दाबेदार हुन् । काठमाडौंमा गुण्डा नाइके कुमार घैंटे इन्काउन्टर काण्डका नेतृत्वकर्ता खनाल यतिबेला ट्राफिक महाशाखा प्रमुख छन् । वर्तमान आईजी प्रकाश अर्यालपनि पहिले महाशाखा  प्रमुख नै थिए ।  

हनुमानढोका इन्चार्ज हुँदा बढी चर्चामा आएका खनालले महाशाखा आएपछि ठमेल र पशुपति क्षेत्रलाई सवारी मुक्त बनाए । टिप्पर व्यवसायीको पनि उनी सातो लिन्थे । राजधानीवासीले धेरै अपेक्षा गरेका थिए खनालको नेतृत्वमा ट्राफिक व्यवस्थानको पक्षमा । तर, उनी आफैं पिडित छन् । रामशाहपथबाट करीब ६ किलोमिटर पर बसुन्धरा क्षेत्रमा बस्ने खनाल आफैं घर आउँदा जाँदा जाममा फस्छन् बेला बेलामा । 

भनेको लागेन भने सीधै विभागीय कार्वाही : 
कामको सिलसिलामा कमी कमजोरी भइहाल्छ । तर गल्ती दोहर्याउनेलाई खनाल देखीनसहने । सातो उड्ने गरी थर्काउने । उनीसँग लामो समय काम गरेका एक प्रहरी भन्छन् “खनाल सरको मिजास अलि कडै खालको छ । हातै हालौंला झैं गर्ने गल्ती गर्नेलाई त । तर उहाँले मातहतका कर्मचारीलाई कुटिहालेको चाहिँ थाहा भएन’’ । एकदुई पटक सम्झाउँदा र थर्काउँदा पनि गल्ती गर्यो भनें चाहिँ सीधै विभागीय कार्वाही गर्ने हो। एसएसपी हुँदा मात्रै होइन, ट्राफिक महाशाखा पुगेपछि पनि डीआइजी खनालले दर्जनौंलाई विभागीय कार्वाही गरेका छन् । महाशाखा अाएपछि उनले धेरै सुधार गरेका छन् । बोरिङ हालेर पानीको राम्रो व्यवस्था पनि गरिदिए । 

क्रस चेक नगरी विश्वास नगर्ने : 
प्रहरीले सेवा प्रवेशको बेला धर्म भाकेर कसम(सपथ) खान्छन् । तर कसमप्रति सबै इमान्दार हुँदैनन् । कतिको त काम एउटा र धन्धा अर्कै पनि हुन्छ । खनाललाई शंका लाग्यो भने, शंका लागेकाको क्रस चेक गर्न सिभिल ड्रेसमा प्रहरी खटाइ दिन्थे र कतिपय अबस्थामा युनिफर्मका प्रहरीलाई पैसा लिनका लागि उक्साउने तरीका समेत सिकाइदिन्थे । जब ड्युटीका प्रहरीले सिभिल ठानेर खल्ती भर्थे, त्यसपछि खेल खतम । सीधै कार्वाहीमा जाकिहाल्ने । 

संगठनभित्र रिजर्भ टाइपका :
धेरै बोल्दैनन् पनि । वार्षिक कार्यक्रमहरुमा पनि रमाइलोमा झुम्दैनन् । आफ्नै खालका छन् । रिजर्भ टाइपका । ड्यूटीको बेला अफिसको गाडी भइहाल्छ, अघिपछि आफ्नै कारमा हिँड्छन्, प्रहरीकै चालक लिएर । अरु केटाहरु लिएर हिँड्दैनन्। बाइक चाहिँ चढ्दैनन् ।

संगठन बाहिरबाट आएका निम्ता चाहिँ मिलेसम्म टार्दैनन्, सहभागी हुन्छन्, ठूलोठालु बन्दैनन् । पार्टीमा गएर मदिरासदिरातिर ध्यानै दिँदैनन् । तर उनी निकट एकजना प्रहरी भन्छन् “सरले अफिसका कार्यक्रम र बाहिरफेर खाएको थाहा छैन, घरमा र निटक साथीहरुसँग चियर्स चाहिँ गर्नुहुन्छ । शरीरले धान्न नसक्ने गरेर होइन, ठिक्क हुन्छ नि, नलागेको जस्तो हुने गरेर लिमिटमा क्या’’ ।

याे पनि पढ्नुस्

आईजीका दाबेदार कार्की भन्थे : चाकडी गर्नेलाई देख्नै सक्दिन

'आईजीपी दाबेदार' खरेल भन्थे : गल्ती गर्नेलाई जिउँदै गाड्छु



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ