arrow

८१ विधेयकमध्ये ३० वटा प्रमाणीकरण

logo
प्रकाशित २०७२ माघ २१ बिहिबार
bewastapika-sachibalaya.jpg.jpeg
काठमाडौँ । संविधानसभाको दोस्रो निर्वाचनपछि व्यवस्थापिका–संसद्मा अहिलेसम्म दर्ता भएका ८१ विधेयकमध्ये ३० विधेयक प्रमाणीकरण भएका छन् । पहिलो अधिवेशनदेखि अहिलेसम्म संसदको बैठकले ३५ विधेयक पारित गरेको थियो । संसद् सचिवालयका अनुसार पहिलो अधिवेशनमा १४, दोस्रोमा २०, तेस्रोमा २४ र चौथोमा १५ विधेयक पेस भएकामा पहिलोमा १४, दोस्रोमा १२ र चौथोमा (बजेटसँग सम्बन्धित) चार विधेयक प्रमाणीकरण भएर कार्यान्वयनमा आइसकेका छन् । 
 
सदनले पहिलो अधिवेशनमा १४, दोस्रोमा १२, चौथोमा छ वटा र संविधान जारी भएपछि दुईवटा विधेयक पारित गरेको थियो । तेस्रो अधिवेशनमा दर्ता भएका २४ विधेयकमध्ये चार विधेयक र दुई अध्यादेश सदनबाट पारित भए पनि चारवटै विधेयक प्रमाणीकरण गर्न बाँकी रहेको विधायन समितिका उपसचिव हृदयराम महर्जन बताउनुहुन्छ । 
 
नयाँ संविधान जारी भएपछिको पहिलो अधिवेशनमा दर्ता भएका आठ विधेयकमध्ये दुई विधेयक मात्र सदनबाट पारित भएका छन् । यसमा ‘नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयक, २०७२’ को मात्र तीन छुट्टाछुट्टै विधेयकमध्ये दुईवटा विधेयक पारित भएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ