arrow

मनिषाले पाइन् भारतको प्रतिष्ठित 'अवार्ड'

logo
प्रकाशित २०७५ वैशाख १७ सोमबार
manisha-koirala.jpg

काठमाडौ। चलचित्र अभिनेत्री मनिषा कोइराला भारतको प्रतिष्ठित दादासाहेब फाल्के अवार्ड २०१८ पाएकि छन् । उनले 'मस्ट भर्सटाइल एक्ट्रेस ' अवार्ड पाइन् ।

आइतवार मुम्वाइमा सम्पन्न दादासहेब फाक्ले अवार्ड २०१८ कार्यक्रममा उनका बुवा प्रकाश कोइराला र आमा सुष्मा कोइराला साथै देखिए । उनले अवार्ड पाएसँगै आफू अत्यन्तै सम्मानित भएको महसुस गरेको बताइन् ।

सन् १९७० अगस्ट १६ मा जन्मिएकी  मनिषा नेपाली मूलकी अभिनेत्री हुन्। उनले हिन्दी, नेपाली, तमिल, तेलुगू मलयालम चलचित्रहरुमा अभिनय गरेकि छन् ।  उनि भरत नाट्य र मनिपुरी नृत्यमा पनि चर्चित छन् ।

उनका चर्चित भारतीय चलचित्रहरमा मुम्बई एक्सप्रेस, १९४२: अ लभ स्टोरी, इन्सानियत के देवता, यादगार, सौदागर, मिलन, दुश्मनी, अनोखा अन्दाज ,यूही कभी, लाल बादशाह ,कच्चे धागे, कारतूस, जय हिन्द, लावारिस, मन, ताजमहल, कम्पनी , जानी दुश्मन, लज्जा,चेम्पियन, खौफ, बागि आदि रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ