धौलागिरि बस व्यवसायी समितिका महासचिव घरबाटै पक्राउ
प्रकाशित २०७५ वैशाख २१ शुक्रबार
516
Shares
फलेवास, पर्वत । धौलागिरि यातयात बस व्यवसायी सञ्चालक समितिका महासचिव ख्याम लामिछानेलाई प्रहरीले घरबाटै पक्राउ गरेको छ । गृह मन्त्रालयले सिन्डीकेट चलाउने समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएलगत्तै लामिछानेलाई कुस्माबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख दिलीप घिमिरेले जानकारी दिए ।
धौलागिरि अञ्चल यातयात बस व्यवसायी समितिअन्तर्गत चार सय गाडी सञ्चालित छन् ।समितिले संस्थागत विरोधका लागि आफ्ना गाडी घरमा राखेको छ । उनीहरुले समितिका गाडी नचलाए पनि अन्य सवारी चलाउन भने अवरोध नगरेको प्रतिक्रिया दिए ।
लामिछानेलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । सो क्षेत्रका करीब छ व्यवसायीले यातायात ठप्प पार्दा सर्वसाधारण समस्यामा परेका छन् । रासस