arrow

जबरजस्ती धर्म परिवर्तन गराउने तीन महिला खोरमा

logo
प्रकाशित २०७५ वैशाख २४ सोमबार
dharma-pariwartan.JPG

काठमाडौं । प्रहरीले जबरजस्ती धर्म परिवर्तन गराउने तीनजना महिलाहरुलाई सार्वजनिक गरेको छ । चितवन भरतपुर नगरपालिका–२७ घर भएकी बर्ष ३८ की लक्ष्मी भट्टराईलाई जबरजस्ती धर्म परिवर्तन गराएको आरोपमा १५ गते सितापाइला चर्चबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
 
पक्राउ पर्नेहरुमा कास्की मच्याङ्गकोट गाउपालिका–९ स्थायी घर भएककी सुमित्रा गौलि, काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने राधिका महर्जन र चितवन भरतपुर माहानगरपालिका–१६स्थायी घर भएकी फुलदेवी भट्टराई रहेका छन् । उनीहरुले अनलाइनमा रोजगारी लगाइदिने प्रलोभनमा पीडतिलाई धर्म परिवर्तन गराउने प्रयास गरेको प्रहरीले बताएको छ ।

जबरजस्ती धर्म परिवर्तन गराएको भन्दै परेको किटानी अनुसार काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । जबरर्जस्ती धर्म परिवर्तन गराएमा तीन वर्षसम्मको कैद सजाय हुने व्यवस्था छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ