arrow

भारतीय सांसदको आपत्तिजनक र दुराशयपूर्ण अभिव्यक्ति नेपालीका लागि सह्य नहुने :  कांग्रेस

logo
प्रकाशित २०७५ वैशाख ३१ सोमबार

भारतीय सांसद कीर्ति आजादले नेपालको सम्बन्धमा ट्वीट मार्फत ब्यक्त अभिब्यक्तिप्रति नेपाली कांग्रेसले बिज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकृष्ट भएको भन्दै कडा शब्दमा बिरोध जनाएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहनु भएको बेला भारतीय सांसद कीर्ति आजादले ट्वीट मार्फत् नेपालकोबारेमा गरेको आपत्तिजनक अभिव्यक्तिप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको जनाएको हो। दुई 

देश बीच सदियौं देखि रहँदै आएको सुमधुर सम्बन्धमा खलल पुर्याउने अभिप्रायबाट आएको उक्त अभिव्यक्तिले नेपालको सार्वभौमसत्ता, स्वाधीनता, अखण्डता र नेपालीको स्वाभिमानमाथि ठाडो प्रहार गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी बिज्ञप्तिमा जनाइएको छ। भारतीय सांसद आजादको यो आपत्तिजनक र दुराशयपूर्ण अभिव्यक्तिको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ बिज्ञप्तिमा भनिएको छ। 

स्वतन्त्र, सार्वभौम, स्वाधीन राष्ट्र नेपालको विषयमा भारतीय सांसदबाट आएको आपत्तिजनक र दुराशयपूर्ण अभिव्यक्ति नेपाल र नेपाली नागरिकहरुका लागि सह्य हुन नसक्ने विषय हो। यस सम्बन्धमा नेपाल सरकारले तत्कालै भारत सरकारसँग कुटनीतिक पहल गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ बिज्ञप्तिमा जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ