arrow

दुईजनालाई अध्यक्षको जिम्मेवारी दिएपछि नेविसंघमा विवाद

logo
प्रकाशित २०७५ जेठ २ बुधबार
NSU_NEW_Flag.jpeg

लहान ।  नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ सिरहामा दुई जनालाई अध्यक्षको जिम्मेवारी दिएपछि विवाद उत्पन्न भएको छ ।  नेविसंघका केन्द्रीय पदाधिकारीले आफूलाई सिरहाको आधिकारिक प्रतिनिधि दाबी गर्दै दुईजनालाई सिरहाको जिल्ला अध्यक्षमा मनोनित गरेपछि विवाद सतहमा आएको हो ।

नेविसंघका केन्द्रीय सदस्य आशिष कार्कीले शीतल चौधरी र माधव ढकालले मो मुस्ताकलाई नेविसंघ सिरहाको अध्यक्ष पदमा मनोनित गरेको पत्र पठाएपछि विवाद बढेको नेविसंघका स्थानीय नेताहरुले बताएका छन् । चौधरी र मुस्ताकलाई मनोनित गरेको पत्र पठाउने दुबै नेताले आफूलाई सिरहा जिल्लाको आधिकारिक केन्द्रीय प्रतिनिधिको रुपमा दाबी गरेका छन् ।

नेविसंघको विधानमा जिल्ला अध्यक्ष जिल्ला अधिवेशनबाट निर्वाचित हुने व्यवस्था रहेपनि लामो समयदेखि नेविसंघको सिरहामा अधिवेशन हुन सकेको छैन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ