arrow

बिहीबार एमाले माओवादी एकता हुने 

logo
प्रकाशित २०७५ जेठ २ बुधबार
uml-maobadi-new.jpg

काठमाडौँ । नेकपा माओवादी केन्द्रले बिहीबार नेकपा एमालेसँग पार्टी एकता गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बुधबार साँझ बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमालेसँग पार्टी एकीकरण गर्ने निर्णय गरेको हो ।

बैठकमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी एकताबारे रिपोटिङ गरेका थिए । बैठकबारे जानकारी दिँदै प्रवक्ता पम्फा भुसालले भनिन्, “पार्टी एकता संयोजन समितिको बैठक बसेर बिहीबार पार्टी एकता गर्ने निर्णय भएको छ ।”

पार्टी एकता गर्ने विषयमा अध्यक्षले राखेको प्रस्तावलाई बैठकले पारित गरेको उनले जानकारी दिइन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ