कालिखोलामा पहिरो खस्दा नारायणगढ—मुग्लिन सडक अवरुद्ध
प्रकाशित २०७५ जेठ ३ बिहिबार
193
Shares
चितवन। नारायणगढ—मुग्लिन सडकखण्ड अन्तर्गत इन्छाकामना गाउँपालिका–६, कालिखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार बिहान ५:४५ बजे सडकमा पहिरो खसेको हो। तत्काल पहिरो पन्छाउने काम थालिएकाले केही समयपछि सडक खुल्ने प्रहरीले जनाएको छ।
विस्तार गरिँदै गरेको सो सडक दिउँसोको समयमा बन्द हुने हुँदा साँझ बिहान सवारीको चाप बढी हुने गर्दछ। रासस