arrow

ओली–प्रचण्डको ‘नेपाल कम्युनिष्ट पार्टी’ गठन हुँदै, ४ बजे एकता घोषणा

निर्वाचन आयोगलाई पनि जनाउ गरिने

logo
प्रकाशित २०७५ जेठ ३ बिहिबार
uml-maobadi-new.jpg

काठमाडौं । नेपालका दुई ठूला कम्युनिष्टहरु एक भएर अगाडि बढ्ने भएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहिबार पार्टी एकता हुने भएको हो । 

माओवादी प्रवक्ता पम्फा भुषालले बिहिबार बिहानदेखि नै एमाले र माओवादीका नेताहरु छलफलमा रहेको बताइन् । 

बिहिबार बिहान १० बजे पार्टी एकता संयोजन समितिको बैठक बस्दै गरेको र यो बैठकपछि प्रक्रिया अगाडि बढ्ने उनले बताइन् । 

प्रवक्ता भुषालले बिहिबार अपरान्ह ४ बजे राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गरी एकता घोषणा गरिने जानकारी दिइन् ।

यही सभागृहमा गत वर्षको असोज १७ गते पत्रकार सम्मेलन गरेरै दुवै पार्टीले छिट्टै पार्टी एकता गर्ने घोषणा गरेका थिए । 

संयोजन समितिको बैठक सकिएपछि एमाले र माओवादीबीच फेरि आन्तरिक छलफल हुनेछ । सम्भवतः यो नै एमाले र माओवादीको अन्तिम आन्तरिक बैठक हुन सक्नेछ । 

एकता घोषणा बिहिबार हुने भए पनि पार्टी महाधिवेशन भने दुई वर्षमा हुने पनि बताइएको छ । 

पार्टी एकता भएपछि केन्द्रीय समिति ४४१ सदस्यीय र स्थायी समिति ४३ सदस्यीय हुने भएको छ । 

५०–५० को हैसियतमा माात्र पार्टी एकता गर्ने माओवादीले जनाएपछि उसले सम्मानजनक संख्या भने पाउने भएको छ । चुनावमा ६०–४० हुँदै अगाडि बढे पनि अहिले भने अझ नजिक आइपुगेको छ । 

नेताहरुले दिएको आँकडा अनुसार ४४१ मध्ये माओवादीले २०० को हाराहारीमा र ४३ मध्ये १८ सदस्य माओवादीको हुनेछ । 

पार्टी एकता घोषणा गरेपछि बिहिबारै निर्वाचन आयोगमा जनाउ गरिने पनि बताइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ