arrow

ट्रम्पजस्तो साथी भएपछि दुस्मनको के आवश्यकता ? 

logo
प्रकाशित २०७५ जेठ ३ बिहिबार
donald-trump.jpeg

काठमाडौं। युरोपियन युनियन ईयूका प्रमुख डोनाल्ड टस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पजस्तो साथी भएपछि कुनै पनि दुस्मनको आवश्यकता नरहेको बताएका छन्। बुधबार बल्गेरियाको राजधानीमा आयोजना गरिएको रात्रिभोजमा उनले यस्तो बताएका हुन्।

अमेरिकाको इरान सम्झौताबाट बाहिरिने र व्यापारयुद्धलाई बढावा दिने निर्णयको विरोध भइरहेको अवस्थामा ईयूमा उनीसँगको सहकार्यको विषयमा नै प्रश्न उठेको हो। बुधबारको भेटमा ईयूका नेताहरुले बचेको इरान सम्झौतालाई आगामी दिनमा कसरी अगाडि बढाउने र ट्रम्पको प्रतिबन्धको बाबजुद व्यापार युद्धबाट कसरी बच्ने भन्ने विषयमा छलफल भएको थियो। 

ईयू प्रमुख टस्कले ट्रम्पको फैसलाबाट बच्नका लागि आगामी दिनमा ईयूले थप एकता देखाउनुपर्ने जरुरी रहेको बताएका छन्। उनले ईयूको एक किसिमको भ्रम चिरिदिएकोमा धन्यवाद दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अमेरिका फस्र्ट’ नीतिको कारण युरोपले विभिन्न किसिमको समस्याको सामना गर्दै आएको छ। सन् २०१५ मा भएको जलवायु सम्झौता र इरान सम्झौताबाट बाहिरिने निर्णय गरेसँगै ईयूले अमेरिकाप्रति निराशा व्यक्त गर्दै आएको छ। 

टस्कले युरोपलाई आफ्नो शक्तिअनुसार सबै कामहरु गर्नसक्ने अवस्थामा रहनु जरुरी रहेको बताएका छन्। अमेरिकाले भर्खरै इजरायलको जरुसलेममा आफ्नो राजदूतावासको सुरुवात गरेकोमा पनि धेरै युरोपियन मुलुकहरु निराश थिए। यद्यपि युरोपको तर्फबाट यस विषयमा खुलेर विरोध भने भएको थिएन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ