arrow

विश्वप्रकाश शर्माले सम्झाए रेशमी रहस्य राष्ट्रपति र प्रधानमन्त्रीलाई 

logo
प्रकाशित २०७५ जेठ ३ बिहिबार
bishwa.png

काठमााडैं । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई रेशमी रहस्यबारे पर्दा खोल्न आग्रह गरेका छन् । समय समयमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले मदन भण्डारीका हत्याराबारे बोलेको विषयलाई लिएर नेता शर्माले सत्यतथ्य बाहिर ल्याउन पनि आग्रह गरेका छन् । 

मदन भण्डारी–जीवराज आश्रितको ०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा परेर निधन भएको थियो । त्यसलाई दुर्घटना भनिए पनि एमाले हत्या नै हो भन्दै आइरहेको छ । तर एमालेले पटक पटक सत्ताको बागडोर सम्हाल्दा र भण्डारी पत्नी विद्यादेवी दुइ पटक राष्ट्रपति भइसक्दासमेत यो विषयलाई अmझै पनि हत्या हो मात्र भन्दै आइरहेका छन् । 

केही तथ्य पस्किँदै काँग्रेस प्रवक्ता शर्माले समाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै भण्डारी र ओलीलाई सम्झना गराएका छन् । उनले विद्यादेवी भण्डारीप्रति कटाक्ष गरेका छन् । मोरङको इटहरामा मदन भण्डारी संग्रहालयको उद्घाटन गर्ने क्रममा भण्डारीले भनेकी थिइन् –मदन भण्डारीको निधनबारे सत्यतथ्य अझै बाहिर नआउनु दुःखद ।’

शर्माले मदन–आश्रितप्रति हार्दिक श्रद्धा व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भनेका छन् – रेशमी पर्दा पछाडि लुकेकालाई सार्वजनिक गर्ने बेला भएन र ?’

ओलीले एमाले पार्टीको छानबिन आयोगका अध्यक्ष हुँदा भनेका थिए ‘हत्याराहरु रेशमी पर्दा पछाडि लुकेका छन् समय आएपछि तिनलाई बाहिर ल्याउने छौं ।’

यस तथ्यलाई आधार मानेर शर्माले भनेका छन् –प्रधानमन्त्री भएका बेलामा आज उहाँका सामु तीन वटा विकल्प छन् 
१, तत्कालनी सरकारको अनुसन्धान सही थियो भने यो च्याप्टर बन्द गर्ने
२, रेशमी पर्दा पछाडि छन् भनेको दोषीलाई कठघरामा उभ्याउने 
३, समयलाई मध्यनजर राख्दै गोलमटोल कुरा राख्ने । 

शर्माले राष्ट्रपति न्याय मागने प्रधानमन्त्री नजर अन्दाज गर्ने ? भन्दै प्रश्न गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ