arrow

युरोपेली ६ मुलुकविरुद्ध मुद्धा दायर गरिने

logo
प्रकाशित २०७५ जेठ ३ बिहिबार
Europe_flags.png.png

ब्रसेल्स । यूरोपेली आयोगले जर्मनी, फ्रान्स, संयुक्त अधिराज्य, इटाली, हङ्गेरी र रोमानियाले वायुको गुणस्तर मापदण्ड पूरा गर्न नसकेको भन्दै बिहीबार उनीहरूको मुद्दालाई अदालतमा लग्न लागिएको जनाएको छ ।

यूरोपेली संघ (इयू) को कार्यकारी निकायले यस अन्तर्गतका छ मुलुकहरूलाई वायुको गुणस्तर मापदण्ड पूरा गर्न कदम चाल्न वर्षौँदेखि चेतावनी दिँदै आएको भएपनि गत जनवरीसम्मका लागि अन्तिम मौका दिएको जनाएको छ ।

तर इयूका वातावरण मामिला आयुक्त कर्मेनु भेल्लाले ब्रसेल्समा एक पत्रकार सम्मेलनमा भने, यूरोपमा बलियो अर्थतन्त्र भएका चार मुलुकसहितका छ राष्ट्रले दिइएको समयसिमाभित्र मापदण्ड पूरा गर्न असफल भएका छन् । अब यस मुद्दालाई उनीहरू विरुद्ध अदालतमा लगिने छ ।

“प्रस्ताव गरिएका थप उपाय निर्धारित वायुको प्रदुषणस्तरको मापदण्ड पूरा गर्न तत्कालै प्रयाप्त नदेखिएकाले यसलाई अदालतमा पठाउने तयारी भएको छ,” भेल्लाले भने ।

हामी योभन्दा अघि पर्खेर बस्न सक्दैनौ, उहाँले थप्नुभयो । ब्रसेल्सले उनीहरूलाई पर्खिराख्ने अवस्थालाई अन्य धेरै वर्ष पर्खने नसक्ने अर्थात मुद्दालाई अदालतमा लगिने उनको भनाइ थियो ।

उनले स्पेन, चेक रिपब्लिक र स्लोभाकियालाई जनवरीमा वायुका लागि इयूले निर्धारण गरेको स्तर भेट्नेगरी काम गर्नलाई अन्तिम मौका दिएको थियो ।

इयूले वायू प्रदुषणका कारण बार्षिक २४ अर्ब ७ करोड अमेरिकी डलर बराबरको स्वास्थ्य क्षेत्रमा खर्चिनु परेको छ तर यसलाई इयू सदस्य राष्ट्रलाई दिइएको वायु प्रदुषणस्तरलाई सुधार गर्नसकेमा घटाउन सकिने बताउँदै आएको छ । यूरोपमा हरेक चार जनामा तीन जना वायु प्रदुषणका कारण अल्पआयुमा ज्यान गुमाउने गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ