arrow

तीन महिनाभित्र नेपाल कम्युनिष्ट पार्टीमा ‘सब ठीकठाक’

logo
प्रकाशित २०७५ जेठ ४ शुक्रबार
nekapa.JPG

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टीको संरचना मिलाउन तत्काल समस्या देखिए पनि केही महिनामै सबै समाधान हुने नेताहरुले बताएका छन् । 

नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले केन्द्रमा मिलिसकेको संरचना अब स्थानीय तहमा पनि मिल्ने बताए । उनले भने ‘तीन महिनाभित्र सब ठीकठाक हुन्छ ।’

भ्रातृ संगठनमा कुनै समस्या हुने हो कि भन्ने जिज्ञासामा उनले दुई पार्टी नै एक भइसकेपछि अब फेरि भ्रातृ संगठनमा कुनै समस्या होला भनेर सोच्नुु पनि मुर्खता नै हुन प्रतिक्रिया दिए । 

महासचिव पौडेलले केन्द्रमा दुई अध्यक्ष हुने भए पनि स्थानीय तहमा भने एउटै मात्र हुने प्रतिक्रिया दिए । 

पौडेलले ६९ वर्षपछि पार्टी नयाँ संरचनाअनुसार पुरानै धारमा फर्किएकाले अब कुनै पनि नकारात्मक सोच राखेर भन्दा सकारात्मक भएर मुलुक समृद्धिमा हातेमालो गरेर अगाडि बढ्नु पर्ने बताएका छन् । 

गत वर्षको असोज १७ गते काठमाडौंको राष्ट्रिय सभागृहमा पार्टी एकता गर्ने उद्घोष गरेको साढे ७ महिनापछि सोही स्थानमै बिहिबार एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको हो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ