arrow

उत्तर कोरियाको चेतावनीपछि ट्रम्पद्धारा बचाउ

logo
प्रकाशित २०७५ जेठ ४ शुक्रबार
president-trump.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकारको अभिव्यक्तिको खण्डन गरेका छन् । ट्रम्पले उत्तर कोरिया अहिले लिबियाको शैलीमा न्युक्लियर हतियार बन्द गर्ने दिशामा अघि बढिरहेको भन्ने अभिव्यक्तिको खण्डन गरेका हुन् । 

यसअघि उत्तर कोरियाले अमेरिकी सुरक्षा सल्लाहकारको यस किसिमको अभिव्यक्ति सार्वजनिक भएसँगै आक्रोश व्यक्त गरेको थियो । उत्तर कोरियाले यसै विषयलाई लिएर आगामी महिनाको लागि तय गरिएको किम–ट्रम्प सम्मेलन रद्द गर्ने चेतावनी पनि दिएको थियो । ट्रम्पले यो सम्मेलन भने जस्तो समस्या आए पनि हुने बताएका छन् । 

सन् २००३ मा लिबियाका नेता मुआमर गद्दाफीले पनि आफूमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने शर्तमा आफ्नो न्युक्लियर कार्यक्रम बन्द गरेका थिए । यद्यपि केही वर्षपछि पश्चिमा मुलुकहरुको समर्थनमा रहेको विद्रोहीद्वारा उनी मारिएका थिए । यसै घटनालाई अमेरिकी सुरक्षा सल्लाहकारले उत्तर कोरियन नेता किम जोन उनसँग तुलना गरेका हुन् । 

यस्तो तुलना गरिएसँगै उत्तर कोरियाले बुधबार जुन १२ मा सिँगापुरमा हुने वार्तामा उत्तर कोरिया सहभागी नहुने चेतावनी दिएको थियो । विहीबार अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको लागि आफूहरुले लिबियाको मोडलको सोच नबनाएको भन्दै आफ्नो बचाउ गरेका हुन् । 

ट्रम्पले किम जोन उनले अहिले जुन हिसाबमा आफ्नो मुलुक अगाडि बढाइरहेका छन्, त्यसलाई निकै समृद्धशाली हुनसक्ने बताएका हुन् । 

ट्रम्पले उत्तर कोरियाको मोडल लिबियाको जस्तो नभई दक्षिण कोरियाको जस्तो हुने बताए । आगामी सम्मेलनको विषयमा बोल्दै ट्रम्पले यो सम्मेलनको विषयमा कुनै पनि तालिका परिवर्तन नभएको र यस विषयमा आफूहरुलाई कुनै किसिमको जानकारी पनि नदिइएको बताए । 

विहीबार उत्तर कोरियाले दक्षिणसँगको वार्ता भने दुई मुलुकबीचको मुद्दा समाधान नभएसम्म समाधान हुन नसक्ने बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ