arrow

कुन देशका प्रमुखले कति पाउँछन् तलब ?

सि चिनफिङको तलब मोदीको भन्दा कम

logo
प्रकाशित २०७५ जेठ ४ शुक्रबार
xi-modi.png

काठमाडौं । सबै मुलुकहरुमा राष्ट्राध्यक्ष वा अन्य कर्मचारीहरुलाई दिइने तलब आन्तरिक नियमअनुसार तय गरिएको हुन्छ । जसको कारण विभिन्न मुलुकहरुको तलबमा आर्थिक असमानता देख्न सकिन्छ । यस्तोमा कुन मुलुकमा कस्तो किसिमको तलब पाइन्छ भन्ने विषयमा धेरै मानिसहरुको चासो रहने गरेको छ । विश्वका केही राष्ट्राध्यक्षहरुको तलब यसप्रकार रहेको छ ।
 
१. भ्लादिमिर पुटिन
केही समयअघि रसियन राष्ट्रपति भ्लादिमिर पुटिनले आर्थिक परदर्शितामा जोड दिँदै आफ्नो वार्षिक आम्दानीको विवरण सार्वजनिक गरेका थिए । रसियन राष्ट्रपतिलाई यसअघि आर्थिक अपारदर्शिताको आरोप लाग्ने गरेकोमा उनले यस्तो विवरण सार्वजनिक गरेका हुन् । उनले सार्वजनिक गरेको विवरणअनुसार उनको वार्षिक तलब तीन लाख दुई हजार अमेरिकी डलरबराबरको रहेको छ ।

२. थेरेसा मे
बेलायती प्रधानमन्त्री थेरेसा मे को वार्षिक तलब दुई लाख दुई हजार सात सय ६९ अमेरिकी डलर रहेको छ । बेलायतमा अघिल्लो वर्ष तलबको विषयलाई लिएर केही विवाद देखिएको थियो । विश्वविद्यालयको भाइस चान्सलर्सको तुलनामा प्रधानमन्त्रीको तलब कम रहेको भन्दै विवाद देखिएको थियो । तलबको साथै बेलायती दोस्री महिला प्रधानमन्त्रीले वार्षिक भत्ता तथा आवासीय भत्ता  ५८५० डलर पाउने गरेकी छिन् । यसका साथै अवकाश भएपछि भने उनलाई वार्षिक हिसाबम एक लाख ४८ हजार पाँच सय डलरबराबरको वाषिक तलब मिल्नेछ ।

३. सि चिनफिङ
चिनियाँ राष्ट्रपति सि चिनफिङले वार्षिकरुपमा करिब २२ हजार अमेरिकी डलरबराबरको रकम तलबको रुपमा हात पार्ने गरेका छन् । सन् २०१५ मा उनले ल्याएको तलबमा ६५ प्रतिशतले बढाउने निर्णय गरेका भए पनि विश्वका अन्य नेताहरुको तुलनामा भने उनको वार्षिक तलब निकै कम रहेको छ । उनले पाउने तलब भारतीय प्रधानमन्त्रीको भन्दा पनि कम हो ।

४. डोनाल्ड ट्रम्प
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको वार्षिक तलब पाँच लाख ६९ हजार डलर रहेको छ । उनले राष्ट्रपति बन्नुभन्दा पहिले सबै तलब अनुदानको रुपमा दिने बताएका थिए । अहिलेसम्म उनले आफ्नो चार लाख डलरबराबरको तलब विभिन्न तीन किस्ता गरी दान गरिसकेका छन् । अमेरिकी राष्ट्रपतिले महँगी तथा अन्य भक्ताको रुपमा एक लाख ५० हजार डलर पाउँछन् । यति मात्र होइन ट्रम्पले मनोरञ्जनको लागि पनि वार्षिक १९ हजार डलर पाउँछन् ।
 
५. एन्जेल मर्केल
चौथो कार्यकाल चलाइरहेकी जर्मन चान्सलर एन्जेल मर्केलले वार्षिकरुपमा तीन लाख ६१ हजार आठ सय ६४ डलर तलब पाउने गरेकी छिन् ।

६. ली हुसेन लूङ
लगातार १३ पटक सिँगापुरको प्रधानमन्त्री बनिसकेका सिँगापुरका प्रधानमन्त्री ली हसेन लूङ विश्वको सबैभन्दा बढी तलब पाउने राष्ट्रप्रमुख हुन् । उनले वार्षिक २२ लाख डलर तलब लिने गरेका छन् । उनले मासिक तलब नै एक लाख ४७ हजार डलर रहेको छ ।
 
७. एलेन बर्सेट
स्विट्जरल्याण्डका वर्तमान राष्ट्रपति एलेन बर्सेटले वार्षिक चार लाख ८० हजार डलर तलब पाउँछन् । स्विट्जरल्याण्डका राष्ट्रपतिको तलब पनि मानिसहरुको महँगी भत्ताको आधारमा निर्धारण गरिने गरिएको छ । सन् २०१७ मा उनले तलब चार लाख ५२ हजार पाँच सय ६५ डलर थियो ।

८. जस्टिन ट्रूडो
क्यानडाका प्रधानमन्धी जस्टिन ट्रूडोको वार्षिक तलब तीन लाख ४५ हजार चार सय डलर रहेको छ । उनलाई राष्ट्रपतिको रुपमा एक लाख ७० हजार चार सय डलर र सांसदको रुपम एक लाख ७२ हजार सात सय डलर पाउँछन् । उनलाई दुई हजार डलर अन्य खर्चको रुपमा प्राप्त हुने गरेको छ ।

९. नरेन्द्र मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वार्षिकरुपमा करिब २७ हजार नौ सय ३९ डलरबराबरको तलब पाउने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ