arrow

अमेरिकी गुप्तचर निकायमा ह्यास्पेल पहिलो महिला निर्देशक

logo
प्रकाशित २०७५ जेठ ४ शुक्रबार
gina.jpg

वासिङ्टन ।अमेरिकाको गुप्तचर निकाय सिआइएको निर्देशकमा पहिलो पटक महिला निर्देशक नियुक्ति भएकि छन् ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यहाँको गुप्तचर निकाय सीआइएको निर्देशकमा जिना ह्यास्पेललाई सिफारिश गरेका थिए ।
 
उक्त सिफारिसलाई अमेरिकी सिनेटले बिहीबार अनुमोदन गरेको छ । यस अनुमोदनसँगै अमेरिकी यो शक्तिशाली निकायको पहिलो महिला निर्देशकका रुपमा जिना ह्यास्पेल नियुक्त भएकि हुन् ।उनि सिआइएकै कर्मचारी हुन् । सन् २००१ को सेप्टेम्बरमा अल कायदा नामक आतंककारी समूहले अमेरिकामा गरेको आतंककारी हमलापछिको अनुसन्धानको क्रममा उनको निकै प्रभावकारी भूमिका रहेको बताइन्छ ।

उनको अनुसन्धान तहकिकात पद्दति त्यतिधेरै विवादमा परेको थिएन । किनभने अमेरिकी पूर्व राष्ट्रपति जर्ज बुसको कार्यकालमा अपनाइएको अनुसन्धानमा यातना दिने कार्य पनि हुने गरेकोले त्यस विषयमा विवाद पनि उत्पन्न हुने गरेको थियो । उनिभन्दा अघिका उक्त निकायका निर्देशक माइक पोम्पेओ हाल अमेरिकाको विदेशमन्त्री छन् । उनले सोही प्रयोजनका लागि उक्त पदबाट राजिनामा दिएका थिए ।
 
ह्यास्पेललाई अनुमोदन गर्ने क्रममा सिनेटमा रिपब्लिकन र डेमोक्र्याटबीचमा केही विवाद पनि थियो । तर पछि भने उहाँको नाम बहुमतबाट अनुमोदन भएको थियो ।  उनले गर्ने गरेका अनुसन्धान पद्दतिका बारेमा सिनेटमा केही विवादहरु आएपछि ह्यास्पेलले आगामी दिनमा आफूले यातना दिने र अव्यवहारिक प्रकृतिका यस्ता अनुसन्धान पद्दतिहरु नअपनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
 
उनले सीआइएमा ३३ वर्ष काम गरेका छन् ।  त्यसैगरी उनले उक्त कार्यालयको अधिकांश कार्य भूमिगत रहेर गुप्तचरको भूमिकामा गरेका थिए । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ