arrow

प्रधानमन्त्री निवासलाई पार्टी कार्यालयको रुपमा दुरुपयोग नगर्न ओलीलाई थापाको चेतावनी

logo
प्रकाशित २०७५ जेठ ४ शुक्रबार
oli-thapa.png

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारलाई पार्टी कार्यालयको रुपमा दुरुपयोग नगर्न चेतावनी दिएका छन् । थापाले शुक्रवार ट्विट गर्दै सो कुरा बताएका हुन् ।

उनले ट्विटमा 'प्रधानमन्त्रीको सरकारी निवासलाई कांग्रेस कम्युनिस्ट दुवैले पार्टी कार्यालयको रुपमा दुरुपयोग गरेका छन् । राप्रपाका सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द पनि प्रम हुनुभयो,तर प्रम निवासलाई कहिल्यै पार्टी प्रयोजनकालागि प्रयोग गर्नुभएन। कृपया, अब यो सरकारी सम्पतिको दुरुपयोग नगर्नोस। ' लेखेका छन् ।

बिहिवार नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण घोषणा भएपछि बालुवाटारमा भोजको व्यवस्था गरिएको थियो ।   दुई पार्टीको छुट्टाछुट्टै बैठक बस्दै गर्दा बालुवाटारमा भने भोजको लागि तयारी बनाइएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ