प्यालेष्टिनी नागरिकको रक्षाका लागि सुरक्षा परिषद्मा सङ्कल्प प्रस्ताव
प्रकाशित २०७५ जेठ ५ शनिबार
831
Shares
संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका। प्यालेष्टिनी नागरिकको सुरक्षाका लागि ‘अन्तर्राष्ट्रिय संरक्षण अभियान’ स्वरूप कुवेतले संयुक्त राष्ट्रसंघका अन्य सदस्य राष्ट्रलाई एक सङ्कल्प प्रस्ताव पठाएको एएफपीलाई शुक्रबार प्राप्त भएको पत्रमा भनिएको छ।
प्रस्तावमा भनिएको छ, “प्यालेष्टिनी नागरिकको ज्यानमाथिको सुरक्षाका लागि ‘अन्तर्राष्ट्रिय संरक्षण अभियान’ अन्तर्गत पत्राचार गरिएको छ।”
प्यालेष्टिनीले जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा स्वीकार गर्दै इजरायलका लागि अमेरिकी राजदूतावासलाई तेल अभिभबाट सार्ने निर्णयको विरोधमा गाजा क्षेत्रमा भएका प्रदर्शनमा गत सोमबार ६० जनाको मृत्यु भएको र करिब दुई हजार व्यक्ति घाइते भएको घटनापछि कुवेतले उक्त प्रस्ताव राष्ट्रसंघ सुरक्षा परिषद्का अन्य सदस्य राष्ट्रलाई पठाएको हो। रासस-एएफपी