arrow

बिप्लवको नेकपाले भित्र्यायो AK-47 र मेसिनगन, सिराहामा सैन्य तालिम, सरकार बेखबर

चुरे आसपास सैन्य तालिम, चन्दा संकलन व्यापक

logo
प्रकाशित २०७५ जेठ ५ शनिबार
biplab-army-training.jpg

सिराहा । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सिराहा र सप्तरीका विभिन्न ठाउँमा सैन्य संरचना बनाएर गतिविधी बढाएका छन्। साथै उनीहरुले भारतसँग जोडिएको सप्तरी र सिरहा जिल्लाको विभिन्न नाकाहरुबाट हतियार भित्र्याउन थालेको समेत खबर प्राप्त भएका छन्। 

एक महिना अघी गत बैशाख ६ गते ५ वटा मोटर साईकलमा १० थान AK-47 र ५ थान मिनि मेशिनगन सिरfहा भित्र्याईएको नेकपा निकट स्रोतको दावी छ । ५ वटा मोटर साईकलमा सवार १० जनाले कपडाको झोलामा राखेर उक्त हतियार भित्र्याएको दावी समाचार स्रोतको छ। 

सिराहाको उत्तरी क्षेत्रमा रहेको चुरे जंगल भित्र बनाइएको अखाडामा हतियारहरु भण्डारण गरिएको र सैन्य प्रशिक्षण पनि सोहि इलाकामा आरम्भ गरिएको नेकपा निकट एक कार्यकर्ताले नाम उल्लेख नगर्ने शर्तमा बताए। नेकपाका एक केन्द्रीय स्तरका नेताले सैन्य तालिम लिइरहेका ५० भन्दा बढी कार्यकर्ताहरुलाई राजनीतिक कमिसारका रुपमा प्रशिक्षित गरिरहेका छन्। सैन्य तालिम दिन भने सैन्य र हतियार सम्वन्धि ज्ञान भएका खटिएका छन्। शुरुवातमा मार्सल आर्टस, लौरो, भाला चलाउन सिकाइएको छ। त्यसपछि हतियार चलाउन सिकाउने तयारी रहेको बताइएको छ। 

पूर्व पश्चिम राजमार्गदेखि १५ किलोमिटर उत्तरी क्षेत्रमा उदयपुर र सिराहाको सीमानामा पर्ने रहेको चुरे जंगल क्षेत्रमा पातलो मानव बस्ती रहेको र सुरक्षा निकायको पहुँच भन्दा बाहिर रहेको फाइदा उठाउँदै त्यस क्षेत्रलाई सैन्य तालिमको लागि छानिएको अनुमान गरिएको छ। सो क्षेत्रमा शसस्त्र द्धन्दका समयमा समेत माओवादीले सैन्य शिविर चलाएको थियो। 

विप्लवका कार्यकर्ताहरुले सिराहा र सप्तरी जिल्लामा चन्दा संकलन कार्यलाई पनि तिब्रता दिएका छन्। १ लाखदेखि २५ लाखसम्म चन्दा मागेर व्यापारिक घरानाहरुलाई पत्राचार गरिएको नाम उल्लेख नगर्ने शर्तमा व्यवसायीहरु बताउँछन्।

त्यसैगरी, नेकपा वैद्य समूहले पनि बैशाख महिनामै चुरे क्षेत्रमै युवाहरुलाई सामान्य सैन्य कवाज गराएको थियो। 

सुरक्षाकर्मी र प्रसासनले भने यस बारेमा केहि जानकारी नपाए झै देखिएको छ। स्थानियहरुले समेत चर्चा गर्न थालिसकेको यस विषयमा सरकारका निकायहरु भने बेखवर जस्ता देखिएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ