arrow

समुद्रमाथि बनायो रसियाले यूरोपकै लामो पुल, हेर्दै रोमाञ्चित बनाउने

logo
प्रकाशित २०७५ जेठ ५ शनिबार
crimiya-bridge-russia.jpg

काठमाडौं। रसियाले यूरोपकै सबैभन्दा लामो पुल २७ महिनामा निर्माण गरेको छ। १९ किलोमिटर लामो सो पुलले रसियाको मुख्य भूभागलाई क्रिमियासँग जोड्नेछ। 

क्रिमिया जोड्ने सो पुलमा कार गुडाउन भने यसै हप्ताको शुरुदेखि खुल्ला गरिएको छ। कार लगायतका हलुका सवारी गुडाउन खुल्ला गरिएपनि पुल निर्माणको काम अझै पुरा नभएका कारण सबै सवारीका लागि पुल खुला गरिएको छैन। 

सवारी साधनहरु चल्ने सो पुलसँगैको अर्को खण्डमा भने रेलमार्ग पनि बनाइएको छ। सो रेलमार्ग बनाइसक्न थप एक बर्ष लाग्ने बताइएको छ। 

क्रिमियाको बिषयमा रसिया र युक्रेनबीच विवाद समेत भएको थियो। सो पुल निर्माणको भिडियो पनि हालै सार्वजनिक भएको छ। समुद्रमाथि निर्माण गरिएको अदभुत पुल निर्माणको भिडियो आफैमा रोमाञ्चक रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ