arrow

कर्नाटकमा नाटकः मुख्यमन्त्री येदियुरप्पाले ५५ घण्टामै दिए राजीनामा

logo
प्रकाशित २०७५ जेठ ६ आइतबार
karnatak.jpg

काठमाडौं । भारतको कर्नाटक राज्यमा नाटक चलिरहेको छ । निर्वाचनमा कुनै पनि दलको स्पष्ट बहुमत नभएपछि सरकार कसले बनाउने भन्ने नै पत्तो छैन । 

बीजेपीका मुख्यमन्त्रीले सपथ खाएको ५५ घण्टामै राजीनामा दिएपछि नाटकले नयाँ मोड लिएको छ । ७५ वर्षे बीएस येदियुरम्पाले काँग्रेस आइको दबाब थेग्न नसकेपछि राजीनामा दिएका थिए । 

उनले शनिबार राज्यपाल बजुभाई वाला समक्ष राजीनामा बुझाएका हुन् । उनले विश्वासको मत लिने समयसम्म पनि कुरेनन् । 

कर्नाटकमा बीजेपीको १०४ सिट, काँग्रेसको ७८ र जेडीएसको ३८ सिट रहेको छ । बहुमतका लागि १११ सिट ल्याउनु पर्नेमा बिजेपीको १०३ सिट मात्र छ (एक सिट सभामुख) । काँग्रेस र जेडीएस मिलेपछि बहुमत पुग्छ । 

अब सोमबार एचडी कुमारस्वामीले दोस्रो पटक कर्नाटकको मुख्य मन्त्रीका लागि सपथ लिनेछन् । 

यो सपथग्रहणमा काँग्रेस अध्यक्ष राहुल गान्धी र पूर्व अध्यक्ष सोनिया गान्धी जाने भएका छन् । 

यसअघि बीजेपीले काँग्रेसका सांसद किन्ने खतरा थियो । तर कोही पनि क्याम्प फेर्न तयार नभएपछि बीजेपी निराश भएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ