arrow

क्युवा विमान दुर्घटनाको ब्ल्याकबक्स भेटियो, देश दुई दिने शोकमा

logo
प्रकाशित २०७५ जेठ ६ आइतबार
cuba-plane-crash1.jpg

काठमाडौं । क्युवाका अधिकारीहरुले शुक्रबार हवाना विमानस्थलनजिकै भएको विमान दुर्घटनाको ब्ल्याकबक्स सकुशल भेटिएको बताएका छन् । शुक्रबार एक सयभन्दा बढी मानिसहरुको ज्यान जाने गरी दुर्घटना भएको विमानको ब्ल्याकबक्स सही अवस्थामा भेटिएको हो । यद्यपि ब्ल्याकबक्सको विवरण भने आइसकेको छैन । 


क्युवाका यातायात मन्त्री अदेल यज्क्युर्डोले दोस्रो डिभाइस पनि अब छिटै नै फेला पर्ने विश्वास व्यक्त गरेका छन्। । आधिकारिक रुपमा अहिलेसम्म यो दुर्घटनामा परी एक सय १० जना मानिसहरुको ज्यान गएको र ११ जना विदेशीहरु रहेको पाइएको छ । यो दुर्घटनामा परेकामध्ये तीन महिनाको उद्धार गरिएको तर उनीहरुको अवस्था निकै गम्भीर रहेको अधिकारीहरुले बताएका छन् । क्युवाको लागि शुक्रबार भएको दुर्घटना पछिल्लो एक दशकयताकै सबैभन्दा खराब हवाई दुर्घटना हो । 


अधिकारीहरुले ४० वर्ष पुरानो विमानको चिराहरुबाट घटनाको अध्ययन सुरु गरेका छन् । यो दुर्घटना हवानाभन्दा २० किलोमिटर दक्षिणमा भएको थियो । अहिले पाइएको ब्ल्याक्सबक्सबाट प्रमुख उडानहरुको विवरणका साथै विमानभित्र के भएको थियो भन्ने कुराको पनि विवरण पाउन सकिन्छ । 

दुर्घटनामा ज्यान गुमाउनेहरुमा ९९ जना मानिसहरु क्युवाका नागरिकहरु रहेको र छ जना मेक्सिकन क्र्यु मेम्बर, एक जना मेक्सिकन पर्यटन, दुई जना अर्जेन्टिनाका पर्यटक र दुईजना पश्चिमी साहाराबाट आएका नागरिकहरु रहेका छन्  । क्युवाका राष्ट्रपति डायज क्यानलले पनि दुर्घटनाग्रस्त क्षेत्रको भ्रमण गरेक छन् । शुक्रबार उडेको केही समयमा नै बोइङको उक्त विमान दुर्घटना भएको प्रत्यक्षर्शीहरुले बताएका छन् । विमानस्थलनजिकै रहेको काठ राखिएको क्षेत्रमा सो विमान ठुलो आवाज आउने गरी विष्फोट भएको उनीहरुले बताएका छन् । 


यो दुर्घटनामा परेकामध्ये चारजनाको उद्धार गरिएको भए पनि एक जनाको उपचारको क्रममा ज्यान गएको छ र बाँकीको अवस्थामा पनि गम्भीर रहेको बताइएको छ । विमान दुर्घटनापछि क्युवाले दुई दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । अघिल्लो वर्ष अहिलेसम्मकै सबैभन्दा सुरक्षित हवाई यात्रा भएको विवरण सार्वजनिक भए पनि सन् २०१८ मा भने हवाई दुर्घटनाहरु अत्यधिक मात्रामा भएका छन् । गएको महिनामा अज्लेरियामा भएको विमान दुर्घटनामा दुई सय ५० जना मानिसहरुको ज्यान गएको थियो । फेब्रुअरी महिनामा रुसमा भएको दुर्घटनामा परी ७१ जनाले ज्यान गुमाएका थिए ।

Firefighter and wreckage of the Boeing-737 that crashed shortly after take off from Jose Marti International Airport in Havana, Cuba, 18 May 2018

The first secretary of Communist Party in the Cuban city of Holguin, Luis Antonio Torres Iribar, speaks with relatives of the crash victims at Holguin airport

the arrival of a survivor of a plane crash to a hospital in Havana,



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ