arrow

नक्सलवादी समूहको विष्फोटनमा परी ७ भारतीय प्रहरीको मृत्यु

logo
प्रकाशित २०७५ जेठ ७ सोमबार
india1.JPG

राइपुर । छत्तिसगढ सशस्त्र बल तथा जिल्ला प्रहरी बलको एक गस्ती समूहलाई लक्षित गरी विछ्याइएको शक्तिशाली वम विष्फोट गराइँदा आइतबार दन्तेवडा जिल्लामा कम्तीमा ७ जना प्रहरीको निधन भएको भारतीय प्रहरीले जनाएको छ । 

नक्सालवादी समूहको प्रभाव रहेको दन्तेवडाको चोलनार गाउँमा गराइएको विस्फोटबाट ७ प्रहरीको निधन भएको, दुई घाइते भएको नक्सालवादी गतिविधि नियन्त्रण अभियानका प्रहरी नायब महानिरीक्षक सुन्दरराज पीले बताए ।

घटना दन्तेवडा क्षेत्रमा भएको र उक्तस्थानमा थप प्रहरी वल खटाइएको उनले बताए । सुरक्षाकर्मीले लुकिछिपी आक्रमण गर्ने समूहको खोजी जारी राखेको बताएको छ । 

प्रारम्भिक अनुसन्धानबाट नक्सालवादी समूहले उक्त आक्रमणमा शक्तिशाली विष्फोटन गराएको हुनसक्ने खुल्न आएको छ । 

तर अनुसन्धान जारी रहेकोले यसबारे बिस्तृत विवरण थप अनुसन्धानपछि मात्र भन्न सकिने उनले बताए । नक्सलवादी समूहले विष्फोट गराई प्रहरीका हतियारसमेत लुटेर लगेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ