arrow

रुसी खराब मुद्रामा बेलायतको आँखा, पुटिनको भ्रष्ट सम्पत्ति लुकाउन तल्लीन 

logo
प्रकाशित २०७५ जेठ ७ सोमबार
putin-russia1.jpg

काठमाडौं । अधिकारीहरुले बेलायत अहिले रसियाको खराब मुद्रामा अन्धो भएर लागिपरेको आरोप लगाएका छन् । राष्ट्रिय सुरक्षाको जोखिम रहेको रसियाको मुद्रालाई बेलायतले प्रयोग गर्नु गलत रहेको उनीहरुले बताएका हुन् । 

द कमन फरेन अफियर्सले् अहिले बेलायत रसियन राष्ट्रपति भ्लादिमिर पुटिनको भ्रष्ट सम्पत्ति लुकाउनका लागि प्रयोग भइरहेको बताएको हो । विवरणमा बेलायतको व्यापार रसियाका पूर्व गुप्तचर सर्जेई स्क्रिपल र उनको छोरीमाथिको आक्रमणको बाबजुद पनि सही अवस्थामा चलिरहेको उल्लेख गरिएको छ । 

यसले रसियाका राष्ट्रपति पुटिनको सम्पत्ति लुकाउनका लागि रक्षाकवचको काम गरेको बताइएको हो । बेलायती सरकारको नीति सही नरहेको कारण आगामी दिनमा बेलायतको राष्ट्रिय सुरक्षाको जोखिम थप बढ्ने समितिका अध्यक्ष र विपक्षी पार्टीका प्रमुखले बताएका छन् । 

बेलायतका सुरक्षा तथा आर्थिक अपराध मन्त्री बेन वाल्लेन्सले भने यस विषयमा आफूलाई कुनै पनि किसिमको प्रमाण प्राप्त नभएको बताएका छन् । आफूहरु खराब रकमको पहिचान गर्ने योजनामा नै अघि बढिरहेको बताए । आफूहरुले कुनै किसिमको अवैध सम्पत्ति रोक्नका लागि सबै शक्तिहरुको प्रयोग गरिरहेको पनि उनको भनाइ छ । 

रसियामाथि अहिले युरोपियन मुलकहरु तथा अमेरिकाले प्रतिबन्ध लगाइ रहेको अवस्थामा बेलायतले पनि रसिया सरकार र रसियाका नागरिकहरुलाई आफ्नो मुलुकमा प्रवेशको अनुमति दिँदा पर्याप्त अनुसन्धान गर्नुपर्ने अधिकारीहरुले बताएका छन् । 

अहिले सार्वजनिक भएको एक विवरणमा केही दिनअघि रिसक्रपल र उनकी छोरीमाथि भएको हत्याको प्रयासपछि एक रसियन कम्पनीले लण्डनमा व्यापारिक बोनस बाँडेको थियो । यसले बेलायतको राष्ट्रिय सुरक्षामा गम्भीर किसिमको आँच आउनसक्ने बताइएको छ ।

रसियाको खराब किसिमको मुद्राले बेलायतको वैदेशिक मामिलामा पनि  नकारात्मक किसिमको असर पार्नसक्ने विवरणमा उल्लेख गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ