- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अमेरिकाको न्यय विभागले अमेरिकी राष्ट्रपतिले सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा गलत तरिकाले मानिसहरुलाई आफ्नो पक्षमा पार्ने अभियान चलिाएको विषयमा थप अनुसन्धान गर्ने भएको छ ।
अमेरिकी गुप्तचर संस्था एफबीआईले गरेको अनुसन्धानको विवरणमा नै न्याय विभागले अनुसन्धान गर्ने भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस किसिमको निर्देशन आफ्नो प्रशासनले दिएको हो वा होइन भन्ने कुरा जान्न चाहेको भन्दै सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरेका छन् ।
एफबीआईको अभियाकर्ताहहरुसँग बैठक बसेको एक विवरण सार्वजनिक भएसँगै न्याय विभागले यस्तो निर्णय गरेको हो । अमेरिकाका डेप्युटी महान्यायाधिवक्ताले भने कुनै किसिमको कमजोरी पत्ता लागेको अवस्थामा मात्रै यस विषयमा अनुसन्धान गर्न सकिने बताएका छन् ।
अमेरिकी राष्ट्रपतिको निर्वाचनको अभियानको विषयमा यसअघि नै सबै किसिमको अनुसन्धानहरु भइसकेको छ । अमेरिकाको निर्वाचनमा रसियाको केही भूमिकाहरु रहेको भन्दै ट्रम्पको विषयमा अनुसन्धानहरु भएका थिए । रसियाको विषयलाई लिएर पछिल्लो समय भएको अनुसन्धानको विवरण पूर्णरुपमा सत्यतथ्य हिसाबमा बाहिर आउन नसकेको भन्दै यस विषयमा थप अनुसन्धानको तयारी गरिएको हो ।
यस विषयमा अमेरिकी राष्ट्रपतिमाथि पनि बारम्बार सोधपुछको काम भइरहेको छ । अमेरिकाको न्युयोर्क टाइम्सले एफबीआईको अभियानकर्ताहरुसँग बैठक भएको भन्ने विवरण सार्वजनिक भएको गरेको थियो । यो विवरणले फेरि एकपटक यो मुद्दालाई उठाएको हो ।
यस विषयमा अमेरिकी राष्ट्रपतिले न्याय विभागले यो योजनामा अघि नबढ्नका लागि निर्देशन दिनसक्ने विश्लेषकहरुले बताएका छन् । राष्ट्रपति ट्रम्पले लगाताररुपमा रसियासँगको आफ्नो सम्बन्धको विषयलाई लिएर आक्रोश व्यक्त गर्दै आएका छन् ।