arrow

भारतको केरलामा भेटियो डरलाग्दो निपा भाइरस

logo
प्रकाशित २०७५ जेठ ७ सोमबार
nipa-virus.JPG

काठमाडौं । भारतको केरलामा प्राणघातक ‘निपा’ भाइरस फेला परेको छ । सरकारको स्वास्थ्य टोलीले यो भाइरसको पुष्टि गरेका हुन् । कतै कतै मात्र पाइने यो भाइरसको कारण भारतमा अहिलेसम्म पाँच जनाको ज्यान गइसकेको छ भने नौ जना मानिसहरु गम्भीर अवस्थामा रहेका छन् ।

पछिल्लो दुई सातादेखि भारतका केरला तथा अन्य आसपासका स्थानहरुमा यो भाइरस व्यापक मात्रामा फैलिएको बताइएको छ । सरकारको स्वास्थ्य टोलीले यो भाइरसहरुको विषयमा परीक्षण गर्दा यो ‘निपा’ भाइरस रहेको पत्ता लागेको हो । भारतमा यो भाइरसबाट प्रभावित बनेका थप २५ जना मानिसहरुलाई परीक्षणको क्रममा राखिएको छ ।

के हो निपा भाइरस ?
निपा भाइरस एक संक्रमणको कारण शरीरमा लाग्ने रोग हो । यो भाइरस सन् १९९८ मा मलेसिया र सिँगापुरमा देखिएको थियो । सबैभन्दा पहिले यो भाइरस घरेलु परेवामा देखिएको थियो त्यसपछि यो अन्य घरपालुवा जनवरहरु कुकुर, बिरालो, बाख्रा, घोडा र भेडाहरुमा पनि देखिएको थियो । त्यसपछि बिस्तारै यो मानिसहरुमा पनि सरेको हो ।

यो भाइरस निदान गर्ने अहिलेसम्म कुनै पनि औषधि बनेको छैन । यो भाइरस लागेपछि मानिसहरुलाई प्रारम्भिक सहायता कक्षमा राखेर स्याहार गरिने गरिएको छ । यो आरएनए भाइरस हो र यसले धेरै गुणहरु हेन्ड्रा भाइरससँग मिल्ने गर्छ । मलेसियाको निपा गाउँमा एक मानिसलाई सबैभन्दा पहिलोपटक यो संक्रमण भएको कारण यसको नाम निपा भाइरस रहन पुगेको हो ।

यो भाइरस कसरी फैलिन्छ ?
यो रोग फैलिनुको प्रमुख कारण चमेरो हो । चमेरो तथा अन्य उड्ने चराहरुको माध्यमबाट यो भाइरस फैलिने गरेको छ । यो भाइरस चमेराको पिसाब तथा अन्य केही उड्ने चराहरुको शरीरमा हुने गरेको छ । सबैभन्दा पहिले यो भाइरस घरेलु परेवामा देखिनुमा पनि चमेरा नै प्रमुख कारण रहेको थियो । वन विनाश भए पछि चमेराहरु पनि परेवाको सम्पर्कमा आएका थिए । जसको कारण परेवामा सो भाइरस देखिएको थियो ।  त्यसका साथै यो भाइरस फैलिने अन्य कारणहरुमा फार्ममा प्रयोग गरिने कपडा, उपकरणहरु, बुट तथा सवारीसाधनहरुको माध्यमबाट पनि यो भाइरस सर्न सक्छ ।

पहिलोपटक परेवाको सम्पर्कमा आएका मानिसहरुमा यो भाइरस देखिएको थियो । त्यसको केही समयमा यो भाइरस बंगलादेशमा पनि देखिएको थियो । जसको कारण भने चमेरो रहेको थियो । बंगलादेशमा रुख चढ्ने र चमेरो बसेको बोटको काँचो ढुकुहरु खाएको कारण यो भाइरस बंगलादेशमा फैलिएको थियो । बंगलादेशबाट भने यो भाइरस मानिसहरुको सम्पर्कको कारण नै भारतमा आएको हो ।

भाइरसका लक्षणहरु
सबैभन्दा पहिले यो भाइरसले आक्रमण गरेपछि मानिसहरुमा ज्वरो आउने, टाउको दुख्ने, निकै थकित भएको महसुस हुने, काममा ध्यान नजाने, मानसिक विचलन आउने, होस हराएको जस्तो हुनेजस्ता लक्षणहरु देखिन्छन् । सबैभन्दा पहिलो मलेसियामा पाइएको यो भाइरसबाट सक्रमित भएर भर्ना भएकामध्ये आधा मानिसहरुको ज्यान गएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ