arrow

भेनेजुयलाबाट फिर्ता बोलाइए १४ देशका राजदूतहरु, कारण यस्तो

logo
प्रकाशित २०७५ जेठ ८ मंगलबार
diplomats.jpg

काठमाडौं । भेनेजुयलामा भएको निर्वाचनमा राष्ट्रपति निकोलास मादुरोले पुनः जित हासिल गरेसँगै अन्तर्राष्ट्रिय समुदाय रुष्ट बनेका छन् । विपक्षी पार्टीलार्य निर्वाचनमा आउनको लागि रोक लगाएर निर्वाचनमा जित हासिल गरेको भन्दै मादुरोको आलोचना भएको हो । 
 
आगामी छ कार्यकालको लागि भएको निर्वाचनको नतिजासँगै विभिन्न १४ मुलुकले भेनेजुयलाबाट आफ्ना राजदूतहरु फिर्ता बोलाउने निर्णय गरेका छन् । 

भेनेजुयलामाथि ब्राजिल, अर्जेन्टिना र क्यानडालगायतका मुलुकहरुले आफ्ना राजदूतहरु फिर्ता बोलाएका हुन् । आइतबार भएको निर्वाचनपछि अमेरिकाले भेनेजुयलामाथिको प्रतिबन्ध थप कडा बनाएको छ । 

अहिले भेनेजुयला खाद्यान्नको संकटका साथै चरक आर्थिक संकटको सामना गरिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुयलाको निर्वाचन अब मुलुकको सुधार हुने आशाको अन्त्य रहेको बताएका छन् ।

यद्यपि रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले भने भेनेजुयलाका राष्ट्रपति निकोलास मादुरोलाई नयाँ कार्यकालका लागि निर्वाचित भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । 

निर्वाचनमा ९० प्रतिशतभन्दा बढी भोटको गणना भएकोमा मादुरोको पक्षमा ६७ दशमलव ७ प्रतिशत भोट खसेको थियो । उनका प्रमुख प्रतिस्पर्धीले केवल २१ दशमलव २ प्रतिशत मत पाएका थिए । 

अमेरिकाले यो निर्वाचनको नतिजा सार्वजनिक भएसँगै भेनेजुयलाले प्रजातान्त्रिक मान्यता बिर्सेको र प्रमुख नेतालाई निर्वाचनमा सहभागी नगराएको भन्दै प्रतिबन्धको निर्णय गरेको थियो । भेनेजुयलाका विदेशमन्त्री जर्ज एरियजाले अमेरिकाले लगाएको प्रतिबन्ध उसको पागलपन, बर्बरता र पूर्णरुपमा अन्तर्राष्ट्रिय नियमको विरुद्धमा रहेको बताएका छन् । 

यद्यपि भेनेजुयलामा निर्वाचनहुनुभन्दा अगाडि नै अमेरिका, क्यानडा, युरोपियन युनियन र एक दर्जनभन्दा बढी ल्याटिन अमेरिकी मुलुकहरुले यो निर्वाचनको नतिजालाई नमान्ने बताएका थिए । 

भेनेजुयलामाथि प्रतिबन्ध लगाउने मुलुकहरुमा मेक्सिको, कोलम्बिया, चिली, पानामा तथा पेरुजस्ता मुलुकहरु रहेका छन् भने भेनेजुयलाको निर्वाचनमा बधाई दिने मुलुकहरुमा रसिया, एल सालाभाडर, क्युवा र चीन रहेका छन् । चीनले भेनेजुयलाका जनताहरुले गरेको निर्णयमा आफ्नो सम्मान रहने बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ