arrow

हच्कियो अमेरिकाः उत्तर कोरियासंगको वार्ता ढिला हुन सक्ने ट्रम्पको प्रतिक्रिया 

logo
प्रकाशित २०७५ जेठ ९ बुधबार
america-north-korea.jpg

काठमाडौं । उत्तर कोरिया र अमेरिकाबीच जुन १२ तारिखमा हुने भनिएको शिखर वार्तामा ढिलाइ हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनसँगको ऐतिहासिक शिखर वार्तामा केही ढिलाई हुनसक्ने बताए ।

वार्ताका विषयमा छलफल गर्न ह्वाइट हाउसमा पुगेका दक्षिण कोरियाका राष्ट्रपति मून जेइनसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले वार्तामा केही ढिलाई हुनसक्ने बताएका हुन् । 

उत्तर कोरियाले निश्चित सर्तहरु पूरा नगरे उक्त शिखर बैठक पर सर्ने ट्रम्पको भनाइ थियो । उनले अहिलेको स्थितिमा उत्तर कोरियासँग वार्ता हुन नसके त्यसपछि कहिल्यै हुन नसक्ने पनि बताएका छन् ।

वार्ताका लागि अमेरिकाले उत्तर कोरियासँग परमाणु हतियार नष्ट गर्न लगातार दबाब दिँदै आएको छ । अघिल्लो हप्ता उत्तर कोरियाले अमेरिकाले परमाणु हतियारको विषयलाई लिएर एकतर्फी दबाब दिइरहे वार्ता रद्द पनि हुनसक्ने बताएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ