arrow

कसैको ट्वीटर ब्लक गर्न ट्रम्पलाई रोक

logo
प्रकाशित २०७५ जेठ १० बिहिबार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ट्वीटरका भोका छन् । उनी हरेक सूचना ट्वीटरमा दिने गर्छन् । उनै ट्रम्पले आफूलाई मन नपर्ने ट्वीटर ब्लक पनि गर्न चाहन्थे होला । 

तर अब उनले कसैको पनि ट्वीटर ब्लक गर्न नपाउने भएका छन् । न्यूयोर्कको एक अदालतले उक्त फैसला सुनाएको हो । 

न्यूयोर्क साउदर्न जिल्लाका न्यायाधिशले सात जना ट्वीटर फलोअर्सको निवेदनमा सुनुवाइ गर्दै यो फैसला गरेका हुन् । तिनीहरुलाई ट्रम्पले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलबाट ब्लक गरेका थिए । 

संघीय अदालतले बुधबार यो आदेश दिँदै ट्वीटरमा कसैलाई ब्लक गर्नु नागरिक अभिव्यक्तिको अधिकार उल्लंघन भएको उल्लेख छ । 

अदालतले संविधानमा संशोधन नगरी यसरी ट्वीटरमा ब्लक गर्न नपाइने पनि बताएको छ । अदालतले ७५ पाना फैसलामा कुनै पनि ट्वीटर प्रयोगकर्तालाई उसको राजनीतिक विचार अभिव्यक्ति अमेरिकी राष्ट्रपति हुँदैमा रोक्न नमिल्ने ठहर गरेको छ । 

ट्रम्पका पाँच करोडभन्दा बढी फलोअर्स छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ