arrow

चीनमा अत्यधिक मात्रामा आवाज प्रदूषण, अमेरिकाद्धारा आफ्ना कर्मचारीलाई सतर्क  

logo
प्रकाशित २०७५ जेठ १० बिहिबार
china-usa.jpg

काठमाडौं । अमेरिकाले चीनमा रहेका आफ्ना कर्मचारीहरुलाई आवाजको प्रदूषणबाट बच्नका लागि सचेत गराएको छ । अमेरिकी कर्मचारीहरुमा आवाज प्रदूषणको कारण अनौठो संकेतहरु देखिएसँगै अमेरिकाले यस्तो अलर्ट जारी गरेको हो । 

अमेरिकाले आफ्ना कर्मचारीलाई के भएको हो भन्ने विषयको विवरण निकै अस्पष्ट रहेको भए पनि यो समस्या अत्यधिक ठुलो आवाज र दबाबको कारण सिर्जना भएको विवरणमा उल्लेख गरेको छ । 

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले यो घटना केही समयअघि क्युवामा आफ्ना अधिकारीहरुमाथि घटेको घटनाजस्तै रहेको बताएका छन् । चीनले भने अहिले देखिएको यो समस्याको विषयमा अनुसन्धानको कार्य जारी रहेको बताएको छ । यो निकै संवेदनशील विषय पनि रहेको कारण यस विषयमा अनुसन्धान जारी रहेको चीनले बताएको हो ।

भर्खरै मात्र चीन र अमेरिकाको सम्बन्धमा केही सुधार आएको अवस्थामा यस किसिमको विवरण सार्वजनिक भएको हो । अमेरिकी विभागले भने यस विषयमा चीनसँग गम्भीर भएर वार्ता हुने तर अमेरिकाले यसको पछाडि चीनको हात रहेको भनेर आरोप भने नलगाएको भन्दै आफ्नो बचाउ गरेको छ । 

सन् २०१७ को अन्तिमदेखि गएको अप्रिल महिनासम्मको अवधिमा चीनमा काम गर्ने अमेरिकी कूटनीतिज्ञले कामको समयमा विभिन्न किसिमका शारीरिक समस्याहरुको सामना गरेका थिए । 

गोन्जावोमा काम गर्ने उनलाई मस्तिष्कमा समस्या रहेको बताइएको थियो । अमेरिकाले अत्यधिक आवाज आउने समस्या चीनको कुनै कार्यालयमा देखिएको खण्डमा आवाजको पहिचान गर्नुभन्दा आवाज नआउने स्थानमा सर्नका लागि पनि अमेरिकाले आफ्ना कर्मचारीहरुलाई सचेत गराएको छ । 

चिनियाँ विदेशमन्त्रीले भने कुनै पनि विदेशीलाई आफ्नो भूमिमा सुरक्षित रहन पाउने अधिकारको रक्षा गरिने तर कुनै पनि विषयलाई अतिरञ्जित बनाएर प्रस्तुत गरिए त्यो राम्रो नहुने उनले बताएका छन् । 

मानिसले कानले २० हर्ज र २० हजार हर्ज फ्रिक्वेन्सी रहेको आवाज मात्र सुन्न सक्छ, सो भन्दा कम वा बढीको आवाजले मानिसमा नकारात्मक किसिमको असर पुर्याउँछ । 

यसअघि सन् २०१६ को नोभेम्बर महिनामा क्युवामा रहेका अमेरिकी कूटनीतिज्ञहरुले आवाजको कारण विभिन्न किसिमको समस्याको सामना गर्नुपरेको भन्दै गुनासो गरेका थिए । 

उक्त समयमा २० भन्दा बढी अमेरिकी कर्मचारीहरु प्रभावित बनेका थिए । यस विषयमा क्युवाले भने यसमा कुनै किसिमको आफ्नो कमजोरी नरहेको र अमेरिकाले द्विपक्षीय सम्बन्ध कमजोर बनाउनका लागि अमेरिकाले यस्तो आरोप लगाएको भन्दै आफ्नो बचाउ गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ