arrow

पाँच लाख २३ हजार डलरमा बिक्यो कार्ल मार्क्सको एक पाना

logo
प्रकाशित २०७५ जेठ १० बिहिबार
Marx.jpg

काठमाडौं। कम्युनिष्ट घोषणापत्रका लेखक तथा साम्यवादका पिता मानिने कार्ल मार्क्सको एक पाण्डुलिपीको एक पेज पाँच लाख २३ हजार अमेरिकी डलरमा लिलाम भएको छ । अहिले लिलाम भएको पेज उनको प्रसिद्ध किताब ‘द क्यापिटल’ को एक हिस्सा रहेको बताइँदै आएको छ ।

सञ्चारमाध्यमहरुले बताएअनुसार यो पाना सन् १८५० को सेप्टेम्बरदेखि १८५३ को अगष्टको बीचमा लेखिएको मार्क्सको १२५० पानाको टिप्पणीको एक हिस्सा हो । यसको आधारमा उनले ‘द क्यापिटल’ नामको पुस्तक लेखेका थिए ।

मार्क्सका विचारहरु आर्थिक हिसाबमा निकै महत्वपूर्ण मानिन्छन् । पाण्डुलिपीको यो हिस्सालाई चीनका एक उद्यमी फेंग लुनले लिलामीका लागि राखेका थिए ।

सोमबार यसको लागि सुरुवाती मूल्य तीन लाख युआन राखिएकोमा यसको अन्तिम बोली ३३ लाख ४० हजार युआन अर्थात् करिब पाँच लाख २३ हजार डलर पुगेको हो। यसमा बेलायती बैंक अधिकारी विलियम गिलबर्टको व्यावसायसम्बन्धी लेखिएको किताबको उद्धरण पनि सामेल रहेको बताइएको छ ।

यो लिलामीसँगै उनीसँगै मिलेर ‘साम्यवादी घोषणापत्र’ लेख्ने फ्रेडरिक एन्गेल्सको एक हस्तलिखित पाण्डुलिपी पनि १६ लाख ७० हजार युआनमा लिलामी भएको थियो। यो पाण्डुलिपी सन् १८६२ मा आलजेमेइने मिलिटरजेइटुङमा प्रकाशित भएको एन्जल्सको लेख हो । यस वर्ष मार्क्सको २०० औं जयन्ती हो । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ