arrow

भारतमा फेरि पनि मोदीकै सरकार !

logo
प्रकाशित २०७५ जेठ ११ शुक्रबार
modi-rahul1.jpg

काठमाडौं । भारतमा फेरि पनि नरेन्द्र मोदी नेतृत्वकै सरकार बन्ने विभिन्न सर्वेक्षणहरुले देखाएका छन् । सन् २०१९ को लोकसभा चुनावमा मोदीकै नेतृत्वले सफलता हासिल गर्ने देखिएको हो । 

काँग्रेस आइसहितको विपक्षी गठबन्धन महागठबन्धन गरी चुनावमा जाने तयारीमा रहेको छ भने भारतीय जनता पार्टी बीजेपी सत्तालाई निरन्तरता राख्ने गरी चुनावमा जाने तयारीमा छ । 

केन्द्र सरकारको चार वर्ष पूरा भएको एक सर्वेक्षणमा नरेन्द्र मोदीले फेरि एक पटक सरकार बनाउने देखाएको हो । एबीपी न्यूज लोकनीति–सीएसडीएसको सर्वेक्षणमा नरेन्द्र मोदी सबैभन्दा लोकप्रिय नेता मानिएका छन् । 

त्यसैगरी काँग्रेस आइका अध्यक्ष राहुल गान्धी मोदीभन्दा पछाडि छन् । सर्वेका अनुसार उत्तर, पश्चिम र मध्यभारतमा बीजेपीलाई नोक्सान हुने देखिएको छ । 

राज्यमा असर परे पनि केन्द्रमा भने बीजेपी नै आउने सर्वेक्षणले देखाएको छ । अहिले भइरहेको संख्या भन्दा बीजेपीको घट्ने भए पनि केन्द्र सरकार मोदीकै नेतृत्वमा हुने देखिएको हो । 

पूर्वी भारतमा भने बीजेपीलाई निकै नै फाइदा पुग्नेछ । सर्वेले समग्रमा सन् २०१९ को लोकसभा निर्वाचनमा एनडीएको ३७, युपीएको ३१ र बाँकी पार्टीहरुको ३२ प्रतिशत मत आउने अनुमान लगाइएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ