arrow

अत्यधिक बर्षाका कारण श्रीलङ्कामा १५ को मृत्यु, दशौँ हजार प्रभावित

logo
प्रकाशित २०७५ जेठ ११ शुक्रबार
sri-lanka-raning.jpg

कोलम्बो ।  श्रीलङकामा आएको अत्यधिक मनसुनी बर्षाका कारण शुक्रबार सम्ममा १५ जनाको मृत्यु भएको छ ।
बर्षाका कारण एक लाख २६ हजार जना प्रभावित भएको र हजारौ परिवारलाई सुरक्षित ठाँउमा सारिएको प्रकोप व्यवस्थापन केन्द्रका अधिकारीहरूले बताएका छन् ।

केन्द्रका प्रवक्ता प्रदीप कोडिप्पीलीले अत्यधिक बर्षाका कारण नराम्रो अवस्था आउन सक्ने पूर्वानुमान गरिएको बताउदै घटनास्थलमा खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी र उद्धारकर्मीहरुको टोली खटाइएको जानकारी दिए ।  उत्तरी र दक्षिणी श्रीलङ्काका प्रभावित ठाँउहरूका झण्डै चार हजार घरहरुमा पूर्ण तथा आंशिक क्षति भएको बताइएको छ ।

श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रभावितहरूलाई तत्काल उद्धार तथा राहतको व्यवस्था गर्न सरोकारवालाहरुलाई निर्देशन दिएका छन् ।  मौसम पुर्वानुमान विभागले पनि देशभरी ठूलो बर्षा हुने भविष्यवाणी गरेको थियो । श्रीलङ्कामा हरेक बर्ष अत्यधिक बर्षाका कारण ठूलो धनजनको क्षति हुने गरेको छ ।

गत बर्ष बर्षाका कारण आएको बाढी पहिरोमा परी २०० भन्दा बढीको मृत्यु भएको थियो भने ७८ जना बेपत्ता भएका थिए । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ