किमसँगको सम्मेलन जुन १२ मा हुने अझै सम्भावन छ : राष्ट्रपति ट्रम्प
प्रकाशित २०७५ जेठ १२ शनिबार
583
Shares
वासिङटन, संयुक्त राज्य अमेरिका। उत्तर कोरियाली नेता किम जोङ उनसँग आगामी जुन १२ मा हुने भनिएको युगान्तकारी शिखर सम्मेलन पूर्वसहमति अनुसार अझैपनि जुन १२ मा नै पनि हुनसक्ने बताए। यो जुन १२ नै हुनसक्छ। हामी उनीहरूसँग कुराकानी गरेका छौँ, ट्रम्पले ह्वाइट हाउसमा एक समारोहकाबीच बताए। उनीहरू (उत्तर कोरियालीहरू) सम्वादका लागि धेरै इच्छुक देखिएका छन्। हामी पनि यस बिषयमा सकारात्मक नै छौँ। हेरौँ, के हुन्छ।
राष्ट्रपति ट्रम्पले एक दिन पहिले उत्तर कोरियाली नेता किमलाई चिठ्ठी लेखी सिङ्गापुरमा हुने भनिएको किमसँगको शिखर सम्मेलन तत्कालका लागि अवरुद्ध भएको बताए। अमेरिकी राष्ट्रपतिले सम्मेलन रोकिनुको कारण उत्तर कोरियाद्वारा देखाएको खुला विरोध भएको जनाएको थियो।
बिहीबार ट्रम्पले किमलाई पठाएको पत्रमा लेखिएको छ, “दुःखका साथ म यो जानकारी गराउन बाध्य छु कि उत्तर कोरियाको पछिल्ला खुल्ला आलोचनात्मक व्यवहार र गतिविधिहरूका कारण दुई पक्षीय शिखर वार्ता गर्न अहिले उपयुक्त समय नभएको महशुस गरेको छु।”
यसअघि अमेरिकी उपराष्ट्रपति माईक पेन्सले सिंगापुरमा हुने भनिएको किम र ट्रम्पबीचको शिखर वार्ता हुने विषयमा शङ्का व्यक्त गर्नुभउको थियो भने उत्तर कोरियाले पेन्सलाई ‘अज्ञानी र मुर्र्ख’को संज्ञा दिएको थियो। ट्रम्पको पत्र उत्तर कोरियाको यसै भनाईपछि आएको थियो। तर उत्तर कोरियाली अधिकारी र अमेरिकी राष्ट्रपतिबीच सम्वाद नटुटाउने बिषयमा कुरा भएको बुझिएको छ। रासस-एएफपी