arrow

शान्ति वार्ता : ट्रम्पको आरोपमा चीनको आपत्ति

logo
प्रकाशित २०७५ जेठ १२ शनिबार
north-korea-collapse-china.jpg

काठमाडौं। चीनले कारियाली शान्ति वार्ता हुन नदिन उत्तर कोरियालाई उक्साएको भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इशाराप्रति आपत्ति प्रकट गरेको छ। सिँगापुरमा हुने तय भएको बैठक पनि रद्द हुनसक्ने भन्दै तीन दिनअघि ट्रम्पले चिनियाँ राष्ट्रपति सि चिनफिङसँगको भेटवार्तापछि उत्तर कोरियाली नेता किम जोन उनको रवैया बदलिएको बताएका थिए। 

ट्रम्पले दोस्रोपटक सि सँगको किमको भेटपछि भने धेरै परिवर्तन आएको र चिनियाँ राष्ट्रपति विश्वस्तरीय खेलाडी रहेको बताएका थिए। उनले भनेका थिए, “हुनसक्छ केही पनि नभएको होस्, म कसैमाथि दोषारोपण पनि गर्न चाहन्न तर दोस्रो बैठकपछि उत्तर कोरियाको व्यवहारमा अन्तर आएको थियो”

ट्रम्पले चिनियाँ राष्ट्रपतिसँग आफ्नो व्यक्तिगत सम्बन्ध निकै राम्रो रहेको बताएका थिए। ट्रम्पको आरोपको विषयमा प्रतिक्रिया दिँदै चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता लू कांगले भने, “जहाँसम्म चीनको भूमिकाको सवाल छ, हामीले धेरैपटक भन्दै पनि आइरहेका छौँ कि चीनले कोरियाली प्रायद्वीपमा परमाणुको मुद्दालाई लिएर सधैं सकारात्मक तथा रचनात्मक भूमिका निभाउँदै आएको छ।”

उनले आफूहरुको उद्देश्य निश्छल रहेको र वास्तवमा नै चीन कोरियाली प्रायद्वीपमा परमाणु निशस्त्रीकरणका साथै वार्ताको माध्यमबाट शान्ति एवं स्थिरता कायम राख्ने मामिलामा प्रतिबद्ध हुनुपर्ने पक्षमा रहँदै आएको बताए। एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ