arrow

मलेसियाका पूर्व प्रधानमन्त्रीको घरमा छापा 

logo
प्रकाशित २०७५ जेठ १२ शनिबार
najib-razak-malaysia.jpg

एजेन्सी। भर्खरै सत्ताबाट हटेका मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब राजाकको घरमा मलेसियाको प्रहरीले छापा मारेको छ। उनीमाथि लागेको भ्रष्टाचारको मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले उनको घरबाट चार सय ह्याण्डब्याग र करिब तीन करोड डलरबराबरको नगद बरामद गरेको हो। 

दुई अपार्टमेन्टहरुमा मारिएको छापाको क्रममा उल्लेख्य पैसा, धेरै ब्यागहरु, घडीहरु तथा आभूषणहरु पाइएको प्रहरीले जानकारी दिएको छ। गएको साता नजिबको घरका साथै केही १२ स्थानहरुमा प्रहरीले छापा मारेको थियो। सत्तामा छ दशकभन्दा लामो समयसम्म रहेको नाजिबको पार्टीको सरकार मे ९ मा भएको निर्वाचनपछि भने सञबाट बाहिरिएको थियो। यो गठबन्धनको सरकारको हारको प्रमुख कारण नाजिबको भ्रष्टाचारको मुद्दा प्रमुख कारण रहेको बताइएको छ। 

नाजिबमाथि उनी, उनका साथी र परिवार मिलेर मलेसियाको १एमडीबी कोषबाट करोडौं डलरको भ्रष्टाचार गरेको आरोप लागेको थियो। अहिले बरामद गरिएको सामानहरुको मूल्य कति रहेको भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन तर यो सामग्रीहरु ल्याउनको लागि पाँच ट्रकहरुको प्रयोग गरिएको थियो। 

प्रहरीले दिएको जानकारीअनुसार अहिले बरामद गरिएको नगदमा विभिन्न २६ मुद्राहरु रहेका छन्। उक्त नगद ३५ ब्यागमा राखिएको थियो। अर्को एक ठाउँमा पाइएको ३७ ब्यागमा घडि र गहनाहरु थिए। त्यस्तै अन्य २८४ विभिन्न सामग्रीहरुले भरिएको ब्याग भेटिएको थियो।

साथै नाजिबको छोरीको घरबाट पनि एक सय ५० ब्यागहरु बरामद गरेको छ। नाजिबको पार्टीले भने अहिले बरामद गरिएको पैसा पार्टीको चन्दा रहेको र यसलाई नाजिब फिर्ता गर्ने क्रममा रहेको भन्दै आफ्ना नेताको बचाउ गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ