arrow

चन्द्रमामा पाइला टेक्ने चौथो अन्तरिक्ष यात्री अलन बिनको निधन

logo
प्रकाशित २०७५ जेठ १३ आइतबार
alan-bean.jpg

काठमाडौं । चन्द्रमामा पाइला टेक्ने चौथो अन्तरिक्ष यात्री अलन बिनको निधन भएको छ । उपचारकै क्रममा अमेरिकाको हस्टनमा उनको ८६ बर्षको उमेरमा निधन भएको हो । 

उनी दुई सातादेखि बिरामी भएर अस्पतालमा भर्ना भएका थिए । अमेरिकी सेनाका पूर्व विमानचालक रहेका उनलाई सन् १९६३ मा अमेरिकी अन्तरिक्ष नियोग नासाले प्रशिक्षार्थीको रुपमा अन्तरिक्ष पठाउने निर्णय गरेको थियो ।

उनी दुई पटक अन्तरिक्षमा पुगेका थिए । उनी सन् १९६९ को नोभेम्बरमा पहिलो पटक र सन् १९७३ मा दोस्रो पटक अन्तरिक्षमा पुगेका थिए ।

सन् १९८१ मा नासाबाट अवकाश लिएपछि बिन चित्रकार बनेका थिए । ती चित्रहरु उनले त्यही अन्तरिक्षबाट प्रेरणा पाएर बनाएको प्रतिक्रिया दिन्थे । 

अर्का अन्तरिक्ष यात्री माइक मासिमिनोले बिनलाई ‘मैले भेटेका मध्ये सबैभन्दा एक्स्ट्रा अर्डिनरी व्यक्ति’ भनी प्रशंसा गरेका छन् ।  

US Astronauts of Apollo 12 (L-R) Mission Commander Charles "Pete" Conrad, .Command Module Pilot Richard Gordon and Lunar Module Pilot Alan Bean

Astronaut Alan Bean holds a sample container during the Apollo 12 mission in this Nasa handout photo. November 19, 1969.



नयाँ