arrow

अपहरणको २४ घण्टा पछि छ महिलाको शव भेटियो

logo
प्रकाशित २०७५ जेठ १३ आइतबार
mexico-flag.jpg

सिउडाड भिक्टोरिया, मेक्सिको। मेक्सिकोमा अपहरणमा परेका छ जना महिलाको शव अपहरणमा परेको एक दिनपछि शनिबार भेटिएको जनाएको छ। तामौलिपास राज्यमा रहेको एउटा खाद्य उद्योगमा कार्यरत ती महिलालाई कार्यालय बाहिरबाट हतियारधारी व्यक्तिले गत शुक्रबार ती महिलालाई अपहरण गरेका थिए।

महिलाहरुको शव उत्तरी राज्यको एक राजमार्ग क्षेत्रमा भेटिएको अधिकारीहरुले जानकारी दिएका छन्। मेक्सिकोको राज्यमा लागूऔषध लगायतका विभिन्न मुद्दामा प्रायःनिमुखा नागरिकहरु हिंसामा पर्ने गरेका पाइएको छ।

उक्त राज्यमा विविध क्षेत्रका तस्कर गिरोह र लागूऔषध प्रयोगकर्ताको पनि ठूलो सञ्जाल रहेको र यस्ता हिंसाबाट कैयौँ नागरिक नै प्रभावित हुनेगरेका प्रहरीको भनाइ छ। उक्त आपराधिक र हिंसात्मक घटनाको अनुसन्धान सुरु गरिसकिएको अधिकारीहरुले बताएका छन्। रासस-एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ