arrow

सोनिया गान्धी बिरामी, छोरा राहुलले विदेश लैजाने 

logo
प्रकाशित २०७५ जेठ १४ सोमबार
sonia-rahul.jpg

काठमाडौं । भारतीय काँग्रेस आईकी पूर्व अध्यक्ष सोनिया गान्धी बिरामी भएकी छिन् । उनलाई काँग्रेस आईका वर्तमान अध्यक्ष एवं सोनिया पुत्र राहुल गान्धीले उपचार गराउन विदेश लैजाने भएका छन् । 

राहुलले ट्वीटरमा सन्देश ट्वीट गर्दै सोनियालाई उपचारका लागि विदेश लैजान लागेको बताए । उनले ट्वीटरमा केही दिन उपचारका लागि बाहिर रहने बताए । 

काँग्रेस सुत्रका अनुसार हरेक वर्ष सोनिया मेडिकल चेक अपका लागि विदेश जाने गर्छिन् । 

सन् २०११ मा उनको अमेरिकामा अप्रेशन भएको थियो । राहुल एक हप्तापछि फर्किने छन् र सोनिया भने लामो समयसम्म विदेशमै उपचारमा रहन सक्ने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ