arrow

इटालीका राष्ट्रपतिमाथि महाअभियोगको तयारी

logo
प्रकाशित २०७५ जेठ १४ सोमबार
fife-star.png

काठमाडौं । इटालीको सबैभन्दा ठुलो राजनीतिक दल फाइभ स्टार पार्टीले अर्थमन्त्री आफूखुसी छनोट गर्न खोजेपछि राष्ट्रपतिमाथि महाअभियोग लगाइने बताएको छ । इटालीका राष्ट्रपति सर्जियो मट्टारेलाले आइतबार ग्युसेप कोन्टे प्रधानमन्त्रीको नेतृत्वमा रहेको सरकारको प्रस्तावमा अर्थमन्त्रीको विषयलाई लिएर अस्वीकार गरेका थिए ।

फाइभ स्टार पार्टीका नेता लुईगि डि माइयोले अहिले राष्ट्रपति संस्थागत संकटमा रहेको बताएका छन् । अहिले इटालीमा फाइभ स्टार पार्टी सरकार बनाउने तयारीमा रहेको छ । गएको मार्च महिनामा भएको निर्वाचनमा कुनै पनि पार्टीले बहुमत ल्याउन नसकेपछि अहिलेसम्म कुनै पनि पार्टीले सरकार बनाउन सकेका छैनन् ।

आइतबार बुझाएको प्रस्ताव राष्ट्रपतिले अस्वीकार गरेसँगै इटालीमा अर्को राजनीतिक समस्या आउनसक्ने देखिएको हो ।
विश्लेषकहरुले भने अहिले देखिएको अवस्था केही समयमा नै सकिने अवस्थामा रहेको र अब मध्यावधि निर्वाचनको माग हुनसक्ने बताएका छन् । अहिले राजनीतिक पार्टीहरु र राष्ट्रपतिको विषयमा इटालीको युरोपियन युनियन (ईयू)मा कस्तो भूमिका रहने भन्ने विषयमा पनि छलफल भएको छ ।

इटालीको नियमअनुसार संसदमा सामान्य बहुमत पुर्‍याएर राष्ट्रपतिलाई महाअभियोग लगाएर हटाउन सकिने व्यवस्था रहेको छ । यस्तोमा संसदको बहुमत पुगेपछि संवैधानिक अदालतले यस विषयमा निर्णय गर्नुपर्ने हुन्छ ।

इटालीका राष्ट्रपतिले प्रजातन्त्र मान्न नखोजेको कारण उनको विषय संसदमा लैजानुपर्ने अवस्था आएको माइयोले बताएका छन् । कोन्टेलाई दुई पार्टीले प्रधानमन्त्री बन्नको लागि सहयोग गरेका थिए । ११ सातासम्म पनि कुनै पार्टीको सरकार नबन्ने भएपछि दुई पार्टीले कोन्टेको नेतृत्वमा सरकार बनाउने निर्णय गरेका थिए । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ