arrow

आर्थिक संकटमा फस्दै पाकिस्तान, चीनसँग सहयोगको अपेक्षा

logo
प्रकाशित २०७५ जेठ १४ सोमबार
Pakistan-Flag.jpg.jpeg

काठमाडौं । आर्थिक हिसाबमा पाकिस्तान खस्किँदो अवस्थामा रहेको छ । यस्तो अवस्थामा पाकिस्तानले समस्याबाट पार पाउनका लागि चीनसँग ऋणको प्रस्ताव गरेको छ । पाकिस्तानले आफ्नो सबैभन्दा ठुलो मित्र राष्ट्रको रुपमा रहेको चीनलाई एक देखि दुई अर्ब अमेरिकी डलरबराबरको सहयोगको लागि आग्रह गरेको हो ।

समाचारमा बताइएअनुसार पाकिस्तानलाई चीन र उसका सरकारी बैंकहरुले दिएको ऋण जुन महिनासम्ममा पाँच अर्ब डलर पुग्नसक्ने बताइएको छ। चीनले पनि यति धेरै रकम पाकिस्तानलाई सहयोगको रुपमा दिनुमा अमेरिकाले पाकिस्तानलाई दिँदै आएको सहयोग रोक्नु पनि प्रमुख कारण रहेको बताइएको छ।

पाकिस्तान चीनबाट लिइएको ऋणको सहयोगमा तीव्र गतिमा घटिरहेको विदेशी मुद्रा भण्डार बचाउने योजनामा रहेको छ । गत वर्षको मे महिनामा महिनामा पाकिस्तानसँग १६ अर्ब ४० करोड डलरको भण्डार रहेको थियो जुन अहिले १० अर्ब ३० करोडमा आइपुगेको छ । चीनले गएको अप्रिल महिनामा पनि पाकिस्तान सरकारलाई एक अर्ब डलरको ऋण दिएको थियो ।

आईएमएफमा जाँदैछ पाकिस्तान !
विदेशी मुद्रा भण्डारण तथा चालू खातामा देखिएको तीव्र गतिको गिरावटसँगै पाकिस्तानका आर्थिक विज्ञहरुले आगामी जुलाई महिनामा हुने आम निर्वाचनपछि पाकिस्तान सन् २०१३ पछि दोस्रोपटक आर्थिक सुधारको ऋणको लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को ढोका ढक्ढक्याउन जाँदैछ ।

आईएमएफले यसअघि पाकिस्तानलाई छ अर्ब ७० करोड डलरको सहयोग गरेको थियो । पाकिस्तान सरकारका वरिष्ठ अधिकारले यो एक महिनामा पाकिस्तानलाई एक देखि दुई अर्बको सहायता मिल्नसक्ने बताए । यो कोष चीनले चलाइरहेको संस्थानहरुबाट पाकिस्तानलाई प्राप्त हुनेछ । यद्यपि यस विषयमा पाकिस्तानको आधिकारिक मन्त्रालयले भने कुनै किसिमको जानकारी दिएको छैन ।

कमजोर आर्थिक सुधारको आँकलन
पाकिस्तान आर्थिक वृद्धिदरको हिसाबमा पनि सन् २०१३ यताकै सबैभन्दा कमजोर अवस्थामा पुगेको देखिएको छ । आईएमएफले मुलुकको आर्थिक अवस्थालाई आधार मान्दै आर्थिक वृद्धिदर पनि कमजोर रहने आँकलन गरेको छ । आगामी वर्षको लागि आईएमएफले पाकिस्तानको आर्थिक वृद्धिदरको नतिजा चार दशमलव ७ प्रतिशत कायम रहने आँकलन गरिएको छ, जुन सरकारले छ दशमलव २ प्रतिशतको आर्थिक सुधारको नतिजाको तुलनामा निकै कमजोर नतिजा हो ।

चीनबाट पाकिस्तानले अहिलेसम्म कति ऋण लियो ?
गएको मार्च महिनासम्मको अवधिमा पाकिस्तानले यसअघिका छ महिनाको अवधिमा एक अर्ब २० करोड अमेरिकी डलरबराबरको ऋण लिएको थियो। यो अवधिमा पाकिस्तानले एक अर्ब ७० करोडको व्यावसायिक ऋण पनि लिएको थियो, जुन अधिकांश चिनियाँ बैंकहरुले दिएका थिए । अप्रिल महिनामा पाकिस्तानको केन्द्रीय बैंकले पुनः एकपटक कमर्सियल बैंकबाट एक अर्ब डलरको ऋण दिएको थियो ।

लगातारको गिरावटमा पाकिस्तानी मुद्रा
पाकिस्तानी मुद्रा रुपयामा पछिल्लो समय व्यापक गिरावट आइरहेको छ । अहिले एक डलरको मूल्य एक सय १६ पाकिस्तानी रुपयाको हाराहारीमा रहेको छ। गएको डिसेम्बरमा देखिएको दुईपटकको अवमूल्यनपछि पाकिस्तानको मुद्रामा नौ दशमलव ८ प्रतिशतको गिरावट आइसकेको छ । पछिल्लो तीन साताको अवधिमा मुद्रा भण्डारण पनि गिरावटमा पर्दै एक अर्ब २० करोड डलरमा आइपुगेको छ, जुन मुद्रा दुई महिनाको आयात व्यापारमा सकिन्छ ।

यूएईसँग पनि २० करोड डलरको ऋण माग
गएको साता पाकिस्तानको सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)का तीन बैंकहरुबाट २० करोड डलरको ऋण माग गरेको छ । यो ऋण यूएईका बैंक अफ दुबई, एनबीडी र नूर बैंकसँग आग्रह गरिएको हो । पाकिस्तानका अर्थमन्त्रीले यो विवरणको पुष्टि गरेका हुन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ