arrow

भारतमा २४ घण्टायता परेको चट्याङ्मा ४७ जनाको मृत्यु

logo
प्रकाशित २०७५ जेठ १६ बुधबार
thundering-india.JPG

नयाँ दिल्ली। भारतमा गएको २४ घण्टायता परेको चट्याङ्मा परी कम्तिमा ४७ जनाको मृत्यु भएको यहाँका प्रकोप व्यवस्थापन अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन्। विगत २४ घण्टायता चट्याङ्सँगै भारी वर्षा भएपछि ठूलो सङ्ख्यामा मानवीय क्षति भएको छ भने बाढीका कारण कैयौँ खेतीयोग्य जमिन र नदी किनारामा रहेका वस्तीहरू प्रभावित बनेका छन्।

पूर्वी भारतीय राज्य बिहारमा वर्षा र मेघगर्जनसहित चट्याङ पर्दा कम्तिमा १९ जनाको मृत्यु भएको झारखण्डका विपद् ब्यवस्थापन अधिकारी यागिन्दर सिंहले जानकारी दिए। मृतकमध्ये ११ जनाको चट्याङ लागेर मृत्यु भएको जनाइएको छ।

त्यसैगरी भारतको घना जनसङ्ख्या रहेको उत्तर प्रदेशमा ७० किलोमिटर प्रतिघण्टाको रफ्तारले आएको हुरी र वर्षाका कारण १५ जनाको मृत्यु भएको उत्तर प्रदेशका विपद् व्यवस्थापन विभागका अधिकारी टि पी गुप्ताले बताए। उक्त प्राकृतिक विपद्का कारण कम्तिमा १० जना घाइते भएका बताइएको छ।

भारतकै अर्को प्रदेश झारखण्डमा १३ पनि विपद्का कारण केही व्यक्तिको ज्यान गुमेको खबर भारतीय सञ्चारमाध्यमले दिएका छन्। भारतीय ग्रामिण भेकका नागरिकहरू वर्षा ऋतुमा हुने गर्मीबाट राहत पाउनका लागि घरघरको पिंडी र आँगनमासमेत रात बिताउने गर्छन्।

माझीहरुलाई यस इलाकाको सामुद्रीक क्षेत्रमा नजानसमेत सरकारी निकायले सूचना जारी गरेका पनि समाचारमा बताइएको छ। रासस-एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ