arrow

पुएर्टो रिकोमा आँधीः ४६०० व्यक्तिको मृत्यु

logo
प्रकाशित २०७५ जेठ १६ बुधबार
hurricane.jpg

टम्प । पुएर्टो रिकोमा सन् २०१७ को सेप्टेम्बरमा आएको मारिया नाम दिइएको आँधीमा परी कम्तिमा चार हजार छ सय जनाको मृत्यु भएको हुनुसक्ने अमेरिकी अनुसन्धाननकर्ताहरूको एक समूहले जनाएको छ । 

यो तथ्याङ्क पुएर्टो रिकोको सरकारी स्रोतले दिएको आँकडाभन्दा करिब ७० गुणा बढी भएको उक्त समूहले जनाएको छ । सरकारले एक वर्ष पहिले आएको आँधीमा जम्मा ६४ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको थियो । 

तर विज्ञहरूले आँधीका कारण हराएका नागरिकको वास्तविक सङ्ख्या गणना गर्न आँधीका कारण वस्तीनै विनास भएका कारण जटिल भएको बताइएको छ । 

सरकारी तथ्याङ्कपछि एक स्वतन्त्र अनुसन्धानले उक्त प्रलयकारी प्राकृतिक विपद्मा झण्डै एक हजार व्यक्तिले ज्यान गुमाएको हुनसक्ने बताएको थियो । 

पछिल्लो अनुसन्धानमा सम्लग्न हावर्ड विश्वविद्यालयका अनुसन्धान अधिकारीले सन् २०१७ को सेप्टेम्बर २० देखि डिसेम्बर ३१ सम्ममा चार हजार ६४५ जनाले ज्यान गुमाएको अनुसन्धानका क्रममा थाहा हुन आएको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ